६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

गुरुकुलमा बाल संसार स्कुलका बाल प्रतिभाको प्रस्तुति

द नेप्लिज संवाददाता
१४ फागुन २०८१, बुधबार

Advertisement

विराटनगर  । बाल संसार मन्टेश्वरी स्कुल विराटनगर–५ को दशौं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालयका बाल प्रतिभावहरुले आरोहण गुरुकुलमा बुधबार प्रस्तुति दिएका छन् । गुरुकुल नाटकघरमा नर्सरीदेखि कक्षा ५ सम्मका बालबालिकाहरुले विभिन्न विधामा प्रस्तुति दिएका हुन् । 

बालबालिकामा रहेको अन्तरनिहित प्रतिभा प्रष्फुटनका लागि स्कूलले नृत्य, गीत, सङ्गित, वाद्यवादन, कराते, ताइक्वाण्डोलगायतका खेल विधामा बालबालिकाहरुले प्रस्तुति दिएको उक्त स्कूलका प्रिन्सिपल खडग राईले बताएका छन् ।  

‘बालबालिकामा अन्तरनिहित रहेको प्रतिभा प्रस्फुटनका लागि स्कूलमा अतिरिक्त क्रियाकलापलाई अध्ययन अध्यापनसँगै अघि बढाइरहेकोले बाल प्रतिभाहरुले कुशल प्रस्तुति दिन सफल भएको छ,’ उनले भने, ‘बालबालिकाको सफलतामा नै स्कूल, स्कूलमा कार्यरत शिक्षकसमेतको सफलता भएको हो र अभिभावकको मायाहरुको स्कूलप्रतिको विश्वास र स्नेहले यो सफलता प्राप्त भएको छ ।’ 

विराटनगर ५ का वडाध्यक्ष सन्तोष न्यौपानेले बाल संसारको पठन पाठनसँगै अतिरिक्त क्रियाकलाप राम्रो रहेको बताएका छन् । बालबालिकालाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउन आवश्यक रहेको उनको भनाइ थियो । विद्यालयहरुलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिन उनले आग्रह गरेका हुन् । कार्यक्रममा प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठ, कोषाध्यक्ष अशोक लामालगायत विभिन्न स्कुलहरुका प्रमुख तथा प्रतिनिधिहरु लगायतका उपस्थिति रहेको थियो ।

प्रकाशित : १४ फागुन २०८१, बुधबार 18:27

No related news found based on tags.

कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved