विराटनगर- नेकपा एमाले माेरङकाे नयाँ नेतृत्व चयनका लागि मनाेनयन दर्ता सुरू भएकाे छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गरेर मनाेनयन दर्ता सुरू गरेकाे हाे ।
केन्द्रीय नेताहरूकाे सर्वसम्मत नेतृत्व चयन गर्ने निर्देशन अस्विकार गर्दै जिल्लाका नेताहरूले छुट्टाछुट्टै प्यानल बनाएर मनाेनयन दर्ता प्रक्रियामा जुटेका छन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीकाे काेपभाजनमा परेका पूर्वकेन्द्रीय सदस्य विनाेद ढकाल पक्षलाई उचित स्थान दिन नखाेजेकाले एमाले माेरङकाे नेतृत्व चयन चुनावी प्रतिस्पर्धामा गएकाे एमाले नेताहरूकाे भनाइ छ ।
नेता ढकालकाे पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा साेमराज थापा, उपसचिवमा सन्ताेष वान्तवा, उषा झालगायतकाे प्यानल बनाएर मनाेनयन दर्ता प्रक्रियामा गएका छन् ।
यस्तै, संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा र उपसचिवमा शील्पा निराला कार्की र इर्जालाल राजबंशीलगायतकाे प्यानल बनाएर मनाेनयन दर्ता प्रक्रियामा गएका हुन् ।
जिल्ला धिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय ११ जना प्रतिनिधि मतदाता छन् ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares