मधेसमा वर्षको दुई पटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ ।
विराटनगर– चैती छठको मुख्य दिन बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । यो विधिलाई मधेशमा ‘सँझका अरख’ वा ‘सँझियाघाट’ भन्ने गरिन्छ । तराईका जिल्लाहरूमा यो वासन्ती छठ पर्वको अदभुत उल्लास हुन्छ ।
मंगलबारदेखि सुरु भएको यो महापर्वको तेश्रो दिन आज नदी, खोला र पोखरी किनारमा भक्तजन तथा श्रद्धालुहरुले एक साथ सूर्यको आराधणा गरे ।
कात्तिकमा मनाइने छठ पर्वजतिको संख्यामा सहभागिता नभए पनि चैती छठ मान्नेहरु बर्सेनि बढिरहेका छन् । शुक्रबार उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिएपछि छठको समापन हुनेछ । चार दिनसम्म मनाइने छठ पूजाको पहिलो दिन मंगलबार मुख्य ब्रतालुले नुहाएर चोखो भोजन ग्रहण गरे । दोस्रो दिन बुधबार साँझ घरको बन्द कोठामा मुख्य ब्रतालुले खरना पूजा गरेका थिए ।
खरनामा ब्रतालुहरुले निराहार उपवास बसी साँझपख खष्ठीदेवीलाई प्रसाद चढाइ खान्छन् । प्रसादमा खीर, केरा, दुधसँगै विभिन्न प्रकारका फलफूल चढाइन्छ ।
श्रद्धा, निष्ठा र समर्पणको यो महापर्वमा घाटहरू झकिझकाउ देखिन्छ । मधेसमा वर्षको दुई पटक छठ मनाइन्छ । कात्तिक शुक्लपक्ष चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई शारदीय भनिन्छ । चैत शुक्ल चौथीदेखि सप्तमीसम्म मनाइने छठलाई वासन्ती वा चैती छठ भनिन्छ ।
दुवैै छठमा सूर्यदेव र षष्ठीदेवी (बोलीचालीमा छठीदेवी) को उपासना गरिन्छ । दुवै छठका व्रतविधान समान छन् । यो व्रतको प्रभावले मनोकांक्षा पूरा हुने आस्था छ । यो पर्वलाई लोकआस्थाको महापर्व पनि भनिन्छ ।
साहित्य/कला
श्रीमानको दीर्घायुका लागि सावित्रीको श्रद्धा सम्झँदै, आज देशभर बटसावित्री पर्व मनाइँदै
द नेप्लिज संवाददाताकलमका सिपाही विजय चालिसे अब स्मृतिमा मात्रै
द नेप्लिज संवाददाताविराटनगरमा चलचित्र निर्माण सम्बन्धी कार्यशाला
द नेप्लिज संवाददाताथाइल्याण्डकी ओपाल सुचाता चुआङ्श्रीलाई मिस वर्ल्ड २०२५ को उपाधि, नेपाल अन्तिम ४० मै अटाउन सकेन
द नेप्लिज संवाददातावरिष्ठ सर्जक गणेश रसिकको मंगलबार बिहान पशुपति आर्यघाटमा अत्येष्टि
No related news found based on tags.
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares