विराटनगर- रूकुम पूर्वसहित देशका विभिन्न हिमाली तथा पहाडी भेगमा रातिदेखि वर्षा भइरहेको छ।
सदरमुकाम रूकुमकोटसँगै जिल्लाभर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । उसको अनुसार पश्चिमी वायु प्रणालीको प्रभावले देशभर मौसम बदली भएको छ।
विशेषगरी गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली भूभागमा भारी वर्षासँगै हिमपातसमेत हुने सम्भावना छ। विभागले वर्षाको कारण बाढी, पहिरो र चिसो बढ्न सक्ने भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।
वर्षाका कारण केही ठाउँको यातायातमा समेत अवरोध सिर्जना भएको छ । तापक्रम घटेसँगै चिसो बढेकाले बाक्लो कपडा लगाउन आग्रह गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिनसम्म बदलीसहित हल्कादेखि मध्यम वर्षा भइरहन्छ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares