विराटनगर– काठमाडौंको बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुटेपछि बुधबार अपराह्न वरपरका सरकारी कार्यालयहरु वन परिसर, विशेष अदालत र जिल्ला अदालत डुबानमा पर्यो । काठमाडौं जिल्ला अदालतको ठिक अघिल्तिर पाइप फुटेको प्रहरीले भनेको छ
सडक भएर बगेकोले बानेश्वरबाट माइतिघरतर्फ आउने लेनमा सवारी साधनहरु केही बेर गुडन सकेन । यो पाइप फुटेकोले काठमाडौंको खानेपानी नेटवर्क अवरुद्ध हुनेछ । पानीको निकास गराएर आवागमन सहज बनाउन बबरमहलमा सुरक्षा टोली खटिएको छ ।
नेपाल विद्युत् प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा ड्रिलिङ गर्दा मेलम्चीको पाइप फुटेको हो । पाइप विस्फोट हुँदा बबरमहलमा सडक समेत भासिएको छ । मेलम्ची खानेपानी परियोजना कार्यान्वयन इकाईका अधिकारीहरुले अब प्राधिकरणले नै क्षतिग्रस्त संरचना बनाउनु पर्ने बताएका छन् ।
समाचार
मधेसी राजनीतिलाई जोगाउन उमेश यादवको अपिल
द नेप्लिज संवाददातामोरङमा आठ महिनामा राज्यको नियन्त्रणमा रहेका आठ जनाको मृत्यु
द नेप्लिज संवाददातापूर्वउपमेयर इन्दिरा कार्कीले मन्त्रिपरिषद्को निर्णय वद्दर गराएर स्थानीय तहलाई दिलाइन् घर बहाल कर उठाउने अधिकार
द नेप्लिज संवाददातासरकारमा अहिले मन्त्री फेरबदल हुँदैन : सभापति देउवा
द नेप्लिज संवाददाताजेनजी आन्दोलनले ध्वस्त विराटनगरका सरकारी संरचनाको धुलो टकटक्याएर सेवा सुरु गर्दै
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares