देशभर मौसम बदली र वर्षा
काठमाडौँ — देशभर पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभावका कारण आज शुक्रबार अधिकांश स्थानमा मौसम बदली भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाले दिउँसो सातै प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाएको छ । साथै मधेस बाहेक अन्य ६ प्रदेशका उच्च हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही हल्का हिमपात हुने संभावना देखिएको छ।
राति पनि यही प्रणाली यथावत् रहने पूर्वानुमान गरिएको छ । यसका कारण उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र अधिकांश स्थानमा वर्षा हुने भएकाले जनस्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा प्रतिकूल असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
समाचार
विराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares