विराटनगर– मोरङको सुन्दरहरैंचा नगरपालिका–१ स्थित हरैंचा बजारमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएपछि स्थानीयले प्रदर्शन गर्दै विराटनगर–विराटचोक सडक अवरुद्ध गरेका छन् । घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ ।
प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकलमा सवार सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
प्रहरीले टिपर चालक पवन योन्जनलाई नियन्त्रणमा लिएको छ । टिपर कान्छाराम कन्स्ट्रक्सनको स्वामित्वमा रहेको र हाल विराटनगरका होनहार कांग्रेसी नेता एवं सक्रिय समाजसेवी अभिषेक गिरीले भाडामा लिएर निर्माण सामग्री ढुवानीका लागि प्रयोग गर्दै आएको खुलेको छ ।
शुक्रबार बिहान एघारे बजे तिर ना १ क ६२७० नम्बरको गिट्टी लोड गरिएको टिपरले मियाँको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । दुवै सवारी विराटचोकबाट विराटनगरतर्फ गइरहेका थिए ।
दुर्घटनापछि आक्रोशित स्थानीयले टिपर रोकेर विरोध प्रदर्शन गर्दै शव उठाउन दिएक छैनन् । उनीहरूले लाठी, भाला बोकेर सडकमा नारा जुलुस गर्दै टिपरमा आगजनीको प्रयास समेत गरेका छन् । प्रहरीले टिपरलाई सुरक्षा दिँदै घटनास्थलमै राखेको छ ।
सुरक्षा संवेदनशीलता बढेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको ठूलो टोली परिचालन गरिएको छ । ट्राफिक प्रहरीले वैकल्पिक मार्ग प्रयोग गरी सवारीसाधन ‘डाइभर्ट’ गरिरहेको जनाएको छ ।
प्रदर्शनकारीले टिपरको तीव्र गति र लापरवाहीलाई दुर्घटनाको कारण बताउँदै दोषी चालकलाई कारबाही गर्न, मृतक परिवारलाई उचित क्षतिपूर्ति दिन र हरैंचा क्षेत्रमा टिपर सञ्चालनमा रोक लगाउन माग राखेका छन् । डीएसपी जोशीका अनुसार स्थिति नियन्त्रणका लागि डीएसपी मदन केसीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको छ ।
टोलीले भीडलाई शान्त पार्न संवाद गरिरहेको भए पनि प्रदर्शन थप आक्रोशित बन्दै गएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गिट्टी बोकेको तीव्र गतिमा रहेको टिपरले पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares