विराटनगर– छरछिमेकी, आफन्त र साथी भाइमा सापटी लेनदेन भइरहन्छ । सापटी लिने बेइमान परेमा झगडा र विवाद पनि हुन्छ । तर दिएको रकम फिर्ता माग्दा बैतडीमा एक जनाको शनिबार राति गोली हानी हत्या गरिएको छ ।
प्रहरीका अनुसार दोगडाकेदार–८ कालागाउँ चौसिलाका जीप चालक २३ वर्षीय सुरेन्द्र विष्टलाई दाजु नाता पर्ने छिमेकी ४५ वर्षीय कर्णबहादुर विष्टले गोली प्रहार गरेका थिए । साथीहरुसँग होटेलमा खाना खाइरहेको बेला कर्णबहादुरले सुरेन्द्रलाई पछाडिबाट ढाडमा भरुवा बन्दुकले गोली हानेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त घटनाका साक्षी एवं सँगै खाइरहेका एक जनाले सुरेन्द्रलाई समातेर बसे भने बाँकी दुईजना कर्णबहादुरलाई लखेट्दै गएका थिए । रातिको समयमा जंगलै जंगल भागेका कर्णबहादुरलाई उनीहरूले समात्न सकेनन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार सुरेन्दले कर्णबहादुरबाट ४० हजार रूपैयाँ पैसा लिनुपर्ने थियो । यही विषयमा शनिबार साँझ पनि झगडा भएको थिया । झगडाको क्रममा सुरेन्द्रले कर्णबहादुरलाई दुई झापड लगाएका थिए । गाउँलेहरूले उनीहरुलाई छुटाएका थिए । स्थानीयका अनुसार त्यतिबेला पनि कर्णबहादुरले सुरेन्द्रलाई धम्की दिँदै ‘तँलाई छाड्दिन’ भनेका थिए ।
प्रहरीका अनुसार सुरेन्द्रको हत्या गर्ने कर्णबहादुरविरूद्ध यसअघि चोरी शिकारीको मुद्दा पनि थियो । उक्त मुद्दा हालसालै मात्रै छिनोफानो भएको हो । प्रहरी टोलीले स्थानीयको सहयोगमा उद्धार गरी घाइते सुरेन्द्रलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको थियो । फरार रहेका कर्णबहादुरको खोजी व्यापक पारिएको प्रहरीले जनाएको छ । प्रहरी टोलीहरुले जंगलभित्र, नाका र राजमार्गमा खोजी गरिरहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares