विराटनगर– पञ्चकन्या ग्रुपअन्तर्गत पञ्चकन्या स्टिलले जिल्ला अदालत ललितपुरमा कलाकारद्वय सीताराम कट्टेल ’धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध मुद्दा दायर गरेको छ । धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि कम्पनीबाट पटकपटक गरी उधारोमा छड लिएको थियो । तर बक्यौता नतिरेकाले उनीहरुविरुद्ध मुद्दा हाल्नु परेको कम्पनिले जनाएको छ ।
धुर्मुस–सुन्तलीविरुद्ध लेनदेन कसुरमा मुद्दा दायर भएको छ । कम्पनीले देवानी मुद्दामा ५२ लाख २ हजार ५ सय ५५ रुपैयाँ भुक्तानी रोकिएको उल्लेख गर्दै फिरादपत्र दायर गरेको हो । २०७५ माघ १६ मा आर्थिक सहयोग जुटाएर उनीहरूले चन्दामार्फत चितवनमा अन्तर्राष्ट्रिय रंगशाला निर्माणको घोषणा गरेर अघि बढेका थिए । सीताराम र कुञ्जनाले रंगशाला निर्माणका लागि सामाजिक सञ्जालबाट चन्दा पनि उठाए । उनीहरूले भरतपुर महानगरपालिकासहित सरकारी निकायसँग पनि सम्झौताहरू गरेका थिए ।
महानगर र फाउन्डेसनबीच पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता डा शशांक कोइराला, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेसहित ११ जनाको रोहबरमा स्वामित्व हस्तान्तरणका लागि सम्झौता भएको थियो । सम्झौतामा स्रोत अपुग भएमा आपसी सहमतिका आधारमा स्रोत जुटाइ निर्माण कार्य सम्पन्न गर्ने दुवैको दायित्व हुने उल्लेख छ ।
योसबबीच कोरोना महामारीले स्थिति डामाडोल भए पछि स्रोत जुटाउन नसकेको भन्दै कलाकार जोडीले रंगशाला निर्माणबाट हात झिकेका थिए । फाउन्डेसनले निर्माण गर्न नसक्ने व्यहोरासहित २०७८ माघ २० मा महानगरपालिकालाई स्वामित्व हस्तान्तरण गरेको थियो । तर तीन वर्ष भइसक्दा पनि १ सय ३६ कम्पनीहरूलाई १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी हुन सकेको छैन ।
फाउन्डेसनका सीतारामले मञ्जुरीनामामा ऋणको दायित्व पनि महानगरले भुक्तानी गर्नेगरी हक हस्तान्तरण गरिए पनि भुक्तानी नहुँदा त्यसबाट आफू पीडित भएको भन्दै आएका छन् । २०७९ चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणको स्वामित्व लिएर निर्माण अघि बढाउने निर्णय गरेको थियो । ग्लोबल टेन्डरबाट हिमालयन कालिञ्चोक बीबीआर जेभीले रंगशाला निर्माणको ठेक्का पाएर काम अघि बढाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares