विराटनगर- हातहतियारको प्रतिस्पर्धा र निःशस्त्रीकरणलाई सदाका निम्ति अन्त्य गर्ने सन्देशका साथ आज संसारभर अन्तर्राष्ट्रिय निःशस्त्रीकरण एवं अप्रसार जागरुकता दिवस मनाइँदैछ ।
यो दिवस मुख्यतः युवामाझ शस्त्रास्त्रको मोह उत्पन्न हुन नदिने जागरण अभियानमा केन्द्रित हुने गरेको छ । संयुक्त राष्ट्रसङ्घ स्थापना भएदेखि नै आमविनाशकारी हतियार र विशेषगरी आणविक हतियारको प्रयोगविरुद्ध विश्व समुदायलाई सचेत गराउनु यो दिवसको लक्ष्य हो ।
आमसंहारका हतियारले निम्त्याउने मानवताविरुद्धका समस्या, साना तथा हल्का हतियारको अवैध व्यापारले अन्तर्राष्ट्रिय शान्ति–सुरक्षाका साथै दिगो विकासका उद्देश्य प्राप्तिमा गम्भीर असर पार्ने भएकाले विश्व समुदायले शान्ति र समुन्नतिका पक्षमा चेतना जागृत गर्न यो दिवस उपयोगी हुने विश्वास गरेकाे छ ।
दिवसले सशस्त्र द्वन्द्व रोक्न र हतियारको बेचबिखनको समापन गर्न उल्लेख्य भूमिका निर्वाह गर्ने राष्ट्रसङ्घको विश्वास छ ।
निःशस्त्रीकरण मामिलाका लागि राष्ट्रसङ्घीय कार्यालय (युएनओडिए)को आह्वानमा मनाइने यो दिवसमा महासचिव एन्टोनियो गुटेरेसले निःशस्त्रीकरण र अप्रसार शान्तिका निम्ति लगानी भएको बताएका छन् । यो अन्तर्राष्ट्रिय समुदायको भविष्यका लागि पनि लगानी भएको भन्दै उनले जोड दिएका छन् ।
विश्व शान्ति र निःशस्त्रीकरणका लक्ष्य हासिल गर्ने उद्देश्यले सन् १९८७ मा स्थापना भएको युएनओडिएको एसिया प्रशान्त कार्यालय काठमाडौंमा रहेको छ । यो कार्यालयको तत्वावधानमा आज यहाँ निःशस्त्रीकरणसम्बन्धी चेतनामूलक कार्यक्रम आयोजना हुने जनाइएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares