विराटनगर-- गैरकानूनी रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाइपास संचालनमा संलग्न रहेको अभियोगमा पर्सा वीरगंजका १९ वर्षीय धिरज पटेललाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिइ उक्त सेवा संचालन भइरहेको सूचनाको आधारमा प्रहरीले कारवाही गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल टेलिकम र एनसेल प्रालिको प्राविधिक सहयोगमा वीरगंज-१६ र ३० स्थित घरबाट अवैध कल बाइपासमा प्रयोग भएको उपकरणहरू सहित उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट भीओआईपी गेटवे ३२ पोर्टको २ वटा, १८ पोर्टको १ वटा, १४ सिम कार्ड, ४ राउटर , दुई ल्यापट २ , दुई ब्याट्री, दुई इन्भर्टर , एक कनेक्टर , एक मोबाइल र एक पेनड्राइभ समेत बरामद गरेको छ ।
पटेल विरुद्ध दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद थप गरी यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares