विराटनगर– बाँकेको डुडुवा गाउँपालिका हिरमिनियास्थित जयेन्दु बालसुधार गृह रहेका दुई समूहबीच शुक्रबार दिउँसो होली खेल्ने क्रममा भएको विवाद बढेर राति हिंसामा परिणत भयो । यसले यति उग्र रुप लियो कि शनिबार उनीहरुले आफू बसिरहेकै बालसुधार गृहमै आगजनी गरे ।
नीकै घम्साघम्सी पछि उक्त बालसुधार गृहको स्थिति १४ घण्टापछि दिउँसो दुई बजे स्थानीय प्रशासनले नियन्त्रणमा लिन सक्यो । तर यति बेला यसबाट धेरै खाले क्षति भइसकेको थियो । जिल्ला प्रशासन कार्यालयकै तथ्यांक अनुसार झडपमा घाइते ४९ जना बालकहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये ६ जना गम्भीर घाइते छन ।
सुधारगृहलाई नियन्त्रणमा लिने क्रममा ३ जना प्रहरी र समाचार संकलनका लागि पुगेका केही पत्रकार समेत घाइते भए । सुधार गृहको भुइँतलामा आगजनी गरे पछि सबैभन्दा माथिल्लो तलामा बसेका बालकहरूले हथौडा र रडको प्रयोग गरी भवनको गाह्रो भत्काएर प्रहरीमाथी आक्रमण गरेका कारण स्थिति नियन्त्रणमा लिन कठिन भएको थियो ।
बाल सुधार गृहमा बर्दीमा प्रहरी राख्न नमिल्ने र त्यहाँ खटिँदा प्रहरीले हतियार पनि बोक्न नपाउने प्रावधानको फाइदा उठाएर सुधार गृहभित्र अराजक गतिविधि हुने गरेको सुरक्षा निकायले स्वीकार्छ । एक प्रहरी अधिकृतका अनुसार प्रहरीले केही गर्न नपाउने कानुनी व्यवस्था छ भन्ने बुझेर नै संगठित ढंगले आक्रमण गरे जस्तो स्थिति देखियो ।
उक्त सुधार गृहका २ सय ५५ बालकको सुरक्षाका लागि सादा पोसाकका जम्मा १२ जना मात्रै प्रहरी खटिएका हुन्छन् । अनुशासनमा राख्न खोज्ने तीन प्रहरीलाई समेत उनीहरुले साता अगाडि कुटपिट गरेका थिए । आगजनीका कारण सुधार गृहको भुइँतल्ला जलेर काम नलाग्ने भएको छ । प्रशासनका अनुसार अस्पतालमा उपचार भइरहेका घाइतेहरुलाई नौबस्तामा रहेको सुधारगृहमा बस्ने प्रबन्ध मिलाइएको छ । त्यहाँ समग्र कोणले असुरक्षित माहोल भएकाले प्रशासनले दीर्घकालीन व्यवस्थापनको योजना बनाइरहेको बताएको छ ।
उमेरले बालिग भइसकेकाहरु समेत बाल सुधारगृह भित्र रहने कानुनी व्यवस्थाका कारण देशभरका बालसुधार गृहहरुमा बेलाबेलामा झड्पका घटनाहरु भइरहेका छन् । प्रारम्भिक अनुसन्धानमा १८ वर्ष उमेर नाघेकाहरुले बालबालिकाहरूलाई दबाब दिन खोजेका कारण उक्त सुधार गृहमा हिंसा मच्चिएको देखिएको छ । घटनाबारे भएको खुलासा अनुसार क्याप्टेन बन्दी र पुराना बन्दीहरुले नयाँ बालकहरूलाई पैसा मगाउन दबाब दिन्थे ।.
गत असोजमा यस्तै प्रकृतिको झडप हुँदा एक जनाको ज्यान गएको थियो । बालसुधार गृहभित्र बाहिरबाट खुलेआम लागु औषध तथा मादक पदार्थ बिक्री वितरण हुँदै पुग्नु, बालबिज्याइकर्ताहरुको अराजक समूहले ग्याङ निर्माण गर्नु , एकले अर्कोलाई नटेर्नु र १८ वर्षभन्दा माथिका बालबिज्याइकर्तालाई अन्यत्र सार्ने कानुनी व्यवस्था नहुनु यहाँ झडप हुन पछाडिका मूल कारणहरु हुन् । कडा गर्न खोज्यो भने बालबिज्याइकर्ताहरुले आफूहरुलाई ज्यान मार्ने धम्कि समेत दिने गरेको उक्त सुधार गृहमा एक कर्मचारीले बताए ।
कमजोर सुरक्षा प्रणाली तथा फितलो व्यवस्थापनका कारणले समूह÷समूहमा विभाजित बालबिज्याइकर्ताहरुबीच महिनामा साना–ठूला झडप भइरहन्छ । यहाँभित्र विशेष गरि दुई ठूला समूह छन् । उनीहरुले एक अर्कालाई सम्मानजनक व्यवहार गर्दैनन् । शत्रुको व्यवहार गर्छन् । ताजा झड्पको आधारशीला पनि यही हो ।
समाचार
मन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताचुरे क्षेत्रमा खुल्लेयाम ढुंगागिट्टी उत्खनन
द नेप्लिज संवाददातामन्त्री भूपेन्द्र राईको एक वर्षको काम : ६७ प्रतिशत बेरुजु फर्छयौट, सात वटै प्रदेशको भौतिक पूर्वाधारमा सबभन्दा बढी ७३.६९ प्रतिशत बजेट खर्च
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares