काठमाडौँ — पश्चिमी वायु, स्थानीय प्रणाली र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुले देशका विभिन्न भागमा वर्षा र हिमपातको अवस्था निम्त्याएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोसी र मधेस प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । उच्च हिमाली क्षेत्रमा हिमपात हुने प्रक्षेपण गरिएको छ ।
मौसमविद् रोजन लामिछानेले आज अपराह्नपछि काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना रहेको बताए । ‘आजभन्दा भोलि वर्षाको सम्भावना अझ बढी छ,’उनले भने,‘शुक्रबार बिहान–राति पनि केही स्थानमा वर्षा हुने देखिएको छ ।’ भोलि (बिहीबार) कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा राम्रै वर्षाको सम्भावना छ । अन्य प्रदेशहरूमा पनि छिटपुट वर्षा हुने अनुमान छ ।
वर्षाको यो प्रणाली पश्चिमी वायु र स्थानीय प्रभावसँगै बंगालको खाडीबाट आएको नमीयुक्त वायुले सक्रिय बनाएको हो । विशेष गरी उच्च हिमाली क्षेत्रमा हिमपातले जनजीवनमा असर पुर्याउन सक्ने भन्दै मौसमविद्हरूले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares