विराटनगर- महाशिवरात्री सांगितिक उत्सवमा प्रस्तुति दिन अमेरिकी सेनाको ब्रास ब्याण्ड टोली शुक्रबार साँझ काठमाडौं आइपुगेको छ ।
कोरियाली हवाइ सेवाको उडान नम्बर केइ ६९५ मा सिओल हुँदै आएको १८ सदस्यीय टोली शनिबार, आइतबार र सोमबार उपत्यकामा आयोजना हुने कन्सर्टमा सामेल हुनेछन् ।
नेपाली सेनाका अनुसार महाशिवरात्री तथा सेनाको २६२ औं स्थापना दिवसकाे कार्यक्रममा अमेरिकी,बेलायती र भारतीय सैनिक टोली सहभागी हुँदैछन् ।
शनिबार दिउँसो बसन्तपुरमा, आइतबार पाटन दरबार क्षेत्र र सोमबार भक्तपुर दरबार क्षेत्रमा संयुक्त कन्सर्ट गरिँदै छ । अमेरिकी सेनाका ब्याण्ड कमाण्डर अलेक्जेण्डर डेभिसको नेतृत्वमा १८ सदस्यीय टोली आएको हो । टोली सदस्यहरुमा आरोन जोन्सन,निकोल डले,गुन्ही चो,एन्थोनी मार्टिनेज, डानियल फिन्च, जोन होण्ड्रिक्स, सिन इरभिन, जाकोब कोन्नर, रेनाल्डो सोरियानो, चाड डिकन छन् ।
इथान मिल्लर, ब्राड्ली ब्राउन, विल लाथ्रोप, सिउल र्यो, कोनार्ड अबोल्ट, जस्टिन मिलुस र चेज विन्डमुलर पनि यो टोलीमा छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares