विराटनगर– नेकपा एमाले मोरङमा अध्यक्षका उम्मेदवार इत्तर पक्षका अजम्बर राईको प्यानल विजयी भएको छ । इत्तर पक्षका अध्यक्ष उम्मेदवार अजम्बर राईले ४४६ मत ल्याएर विजयी हुँदा संस्थापन पक्षका उम्मेदवार राजकुमार ओझाले ४०७ मत मात्रै प्राप्त गरेर पराजित भएको निर्वाचन समितिले जनाएको छ ।
इत्तर पक्षका उपाध्यक्षमा सागर थापाले ४२२ मत ल्याएर विजयी भएका हुन् भने संस्थापन पक्षकी शान्ति लिम्बूले ३९१ मत प्राप्त गरिन् । सचिवमा इत्तर पक्षका सोमराज थापाले ४६२ मत ल्याएर जिवयी हुँदा संस्थापनका रबिन थापाले ३६८ मत ल्याएर चित बुझाए । उपसचिवमा पुरुषतर्फ इत्तर पक्षका सन्तोष वान्तवाले ४९० मत ल्याएर विजयी भएका छन् भने संस्थापनका इर्जालाल राजबंशीले ३११ मत प्राप्त गरेका हुन् । उपसचिव महिलातर्फ इत्तर पक्षकी उषा झाले ४१८ ल्याएर विजयी हुँदा संस्थापन पक्षकी विराटनगर उपमहानगरकी उपप्रमुख शील्पा निराला कार्कीले ४०५ मत ल्याएर पराजय बेहोरेकी हुन् । ९११ मतदाता रहेकोमा ८८८ मत खसेको थियो ।
निर्वाचनको मतगणना विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा भएको छ । एमालेको १० औं जिल्ला अधिवेशन आइतबारबाट सुरु भई नयाँ नेतृत्व चयनका लागि बुधबार राती मतदान सम्पन्न भएको थियो ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares