विराटनगर– म्याग्दीको अन्नपूर्णको गुइँठेभीरमा बुधबार दिउँसो भएको भ्यान दुर्घटनामा एकको मृत्यु र तीन जना घाइते भएका छन् । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ को सुकेबगरदेखि यात्रु बोकेर नारच्याङ शिव मन्दिर तर्फ जाँदै गरेको भ्यान सडकबाट करिब एक सय ५० मिटर तल कालीगण्डकी नदीको किनारमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दूर्घटनामा भ्यान चालक अन्नपूर्ण–४ घरापकी अन्दाजी ४० वर्षीया सुनदेवी गौचन (सरिता)को घटनास्थलमै मृत्यु भएको थियो । सख्त घाइते ५० वर्षीया रुपा पुन, ४२ वर्षीया नमिता चोचाङ्गी र ५२ वर्षीया बिष्णुकुमारी बुढाथोकीको उद्धार पछि पोखरा अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाका कारण अन्नपूर्णको नारच्याङमा बुधबारदेखि शुरु गर्न लागिएको प्रथम तरुण कप भलिबल प्रतियोगिताको कार्यक्रम स्थगित भएको छ । तरुणदल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले कार्यक्रम स्थलनजिकै भएको दुर्घटनामा स्थानीयको निधन र घाइते भएकाले खेलकुद प्रतियोगिताको बुधबारका कार्यक्रम स्थगित गरिएको बताए।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares