विराटनगर– हाम्राे समाज विराटनगरले नसारिहत हाेली मनाउने अभियान सुरू गरेकाे छ । समाजले बिहीबार नसारहित हाेलि मिलन कार्यक्रम आयाेजना गरेर अभियान सुरू गरेकाे हाे ।
हाेलीकाे अवसरमा नसा सेवन गर्ने परम्पराले नयाँ पुस्ता लागूपदार्थ सेवनकाे कूलतमा फसिरहेकाले नसारहित हाेली अभियान सुरू गरेकाे हाम्राे समाजका अध्यक्ष अनुपकुमार सापकाेटाले बताए ।
´हाेली पर्व सभ्य, सुसंस्कृत रूपमा मनाउँनुका भातृत्व प्रेम, समाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता कायम गर्नु अहिलेकाे आवश्यक्ता हाे,` उनले भने, ´नसा सेवन गरेपछि युवावर्ग अनियन्त्रित हुँदै झैँझगडा गर्ने र सामाजिक सद्भाव विगार्नुका साथै सामाजिक शान्ति भंग गरेर मानिसलाई अनावश्य दुःख दिने काम हुन्छ ।`
कार्यक्रममा विराटनगर महानगरका प्रमुख नागेश काेइरालाले हाम्रा अनुपम संस्कृति मनाउने क्रममा नसा सेवन गर्ने चलनले विकृति फैलिने गरेकाे सर्वविदितै रहेकाे बताएका छन् । उनले हाम्राे समाजकाे नसारहित अभियान अहिलेकाे अपरिहार्यता रहेकाे बताएका हुन् । याे अभियानमा सधैँ महानगरकाे साथ सहयाेग रहने उनले प्रतिबद्धता जनाए ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares