विराटनगर-- बजारमा खाने तेलको मूल्य प्रतिलिटर ४० देखि ६० रुपैयाँसम्म बढेको छ । खाने तेलको मूल्य पुसको दोस्रो सातादेखि बढेको देखिन्छ ।
दुई महिना अगाडि खुद्रा पसलमा प्रति लिटर २१०/२२० सम्ममा उपलब्ध सूर्यमुखी एवं भटमासको तेलको मूल् २५० रुपैयाँदेखि २७० रुपैयाँसम्म पुगेको छ ।
घिउको मूल्य अहिले २०० रुपैयाँले बढेर प्रतिकिलो १४०० रुपैयाँ पुगेको खुद्रा व्यापार संघले भनेको छ ।
दसैँ तिहारको बेला पनि घिउको घिउ प्रतिकिलो १ हजार २ सय रुपैयाँ मात्र रहेको संघले प्रष्ट पारेको छ। संघको अनुसार अहिले उत्पादकले मूल्य बृद्धि गरे पछि बढाउन बाध्य भएका हौं ।
संघका मूल्य सूची अनुसार भुटेको तोरीको तेल प्रतिलिटर ४१० रुपैयाँ, काँचो तोरीको तेल ३२५ रुपैयाँ छ । भटमास र सूर्यमुखी तेल प्रतिलिटर २५० रुपैयाँ र डाल्डा २४० मा बेचिंदैछ ।
संघको तथ्यांकअनुसार १५ दिनमै ५ देखि १० रुपैयाँले बढेको हो । माघ १ मा प्रतिलिटर ४ सय रुपैयाँ पर्ने भुटेको तोरीको तेल प्रतिलिटर १० रुपैयाँले बढ्यो । यो अवधिमा सूर्यमुखी र भटमासको तेलमा ५/५ रुपैयाँका दरले मूल्यवृद्धि भएको छ ।
सरकारी व्यापार कम्पनी साल्ट ट्रेडिङमा भटमासको तेल प्रतिलिटर २ सय ५० रुपैयाँ, सूर्यमुखी तेल २ सय ८० देखि ४ सय रुपैयाँ र तोरीको तेल २ सय ६० देखि ४२५ रुपैयाँमा किन्न पाइन्छ छ । डीडीसी घिउको मूल्य प्रतिकेजी १ हजार १ सय ५० रुपैयाँ छ ।
खाद्यसंस्थानमा भटमासको तेल २ सय ३४, सूर्यमुखी तेल २ सय ३६, तोरीको तेल प्रतिलिटर ३ सय ६० रुपैयाँ छ । साल्ट ट्रेडिङमा घिउको मूल्य १हजार १ सय ५० रुपैयाँ, डीडीसी घिउको मूल्य प्रतिकिलो १२०० रुपैयाँ छ । खाद्य संस्थानले ११०० रुपैयाँ प्रतिकिलोमा बेच्दै छ ।
चाडपर्व र भारततर्फ निर्यात बढेका कारण देखाउँदै मंसिरमा बढेको मूल्य फेरि पुसको पहिलो सातातिर घटेको थियो ।
भारततर्फ निकासी बढेको कारण मूल्यवृद्धि भएको हुन सक्ने नेपाल तेल उत्पादक संघकाे एक पदाधिकारीको भनाइ छ ।
यसरी बजारमा खाने तेल तथा घिउको मूल्य बढ्दा पनि सरकार को जिम्मेवार निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका एक अधिकारीले मुल्य बढेको बारे अनभिज्ञता प्रकट गरेका छन् ।
यसरी मूल्य बढ्दा आममान्छेको भान्छाको हिसाबकिताब बिग्रिन्छ । तर उपभोक्ताले समेत गुनासो नगरेको यो विषय सञ्चार माध्यममा नआएको ती पदाधिकारीले बताए।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares