विराटनगर– अमेरिकाबाट ’डिपोर्ट’ भएका तीन भुटानी शरणार्थीे नेपाल आएका छन् । दमकको बेलडाँगी शरणार्थी शिविरमा पुगेका आशिष सुवेदी, सन्तोष दर्जी र रोशन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस बारेमा अध्यागमन कार्यालय काँकडभिट्टाले अनुसन्धान गरिरहेको छ ।
उनीहरूलाई नेपालमा राख्ने कि पुनः भुटान फर्काउने विषयमा गृह प्रशासन अन्योलमा छ । भिसाबिनै प्रवेश गरेका उनीहरूमाथि अध्यागमन विभागले अनुसन्धान भइरहेको छ ।
सन् १९९० को दशकमा भुटानबाट लखेटिएका करिब डेढ लाख भुटानी शरणार्थीहरू झापा र मोरङका शिविरमा बस्दै आएका थिए । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) को पहलमा एक लाखभन्दा बढी शरणार्थीहरू अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत देशमा पुनर्वास भएका छन् ।
तर हालै अमेरिकाले भुटानी शरणार्थीहरूमध्ये केहीलाई आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ गरी ’डिपोर्ट’ गरेको छ । भुटानले उनीहरूलाई नागरिकता दिन अस्वीकार गरेपछि उनीहरू नेपाल प्रवेश गरेका हुन् ।
यस घटनाले भुटानी शरणार्थीहरूको भविष्यप्रति गम्भीर प्रश्न उठाएको छ । नेपालमा रहेका शरणार्थीहरू भुटान फर्किन चाहन्छन्, तर भुटानले उनीहरूलाई स्वीकार्न अनिच्छा देखाएको छ । नेपाल सरकारले पनि शरणार्थीहरूको व्यवस्थापन र सुरक्षाका लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares