विराटनगर– नवलपरासी पश्चिमको पाल्हिनन्दन गाउँपालिका–३ स्थित बेलासपुरमा केटी भगाएको विवाद बढेर दुवै पक्षको झड्पमा एक जनाको मृत्यु भएको छ ।
बेलासपुरस्थित १९ वर्षीया सहाना खातुनलाई स्थानीय २२ वर्षीय डाक्टर धोबीले भगाएको विषयमा केटाकेटी पक्ष आरोप–प्रत्यारोप गरिरहेका छन् । प्रहरीका अनुसार पुसको अन्तिम सातादेखि खातुन हराइरहेको निवेदन परेको छ । डाक्टर धोबी पनि परिवारको सम्पर्कमा छैनन् ।
यही विषमा सोमबारदेखि दुवै परिवारबीच तनावपूर्ण माहोल छ । विवाद बढ्दै गएपछि मंगलबार बिहान दुई समूहबीच झडप भएको थियो । यो क्रममा युवतीका दाइले केटा पक्षका पाल्हिनन्दन– ३ बेलासपुरका ३५ वर्षीय विजय धोवीलाई गाडीले ठक्कर दिएका थिए ।
वडा अध्यक्ष गोधनप्रसाद हरिजनका अनुसार ठक्करबाट विजयको मृत्यु भएको हो । दुवै तिरको समूहले एकअर्कालाई आरोप लगाएपछि सोमबार पनि झडप भएको प्रहरीले जनाएको छ । विवाद समाधानका लागि मंगलबार बिहान छलफल गर्न खोज्दा फेरी झडप भएको वडाअध्यक्ष हरिजनले बताए ।
पिकअप भ्यानले ठक्कर पछि आक्रोशित केटा पक्षले केटीको दाइको कवाडी गोदाममा आगो लगाइदिए । यसपछि केटी पक्षका करिब चार सय स्थानीय जम्मा भइ टायर बालेर महेशपुर–परासी सडकखण्ड अवरुद्ध गरे । स्थिति नियन्त्रण बाहिर जान नदिन ६३ जना सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।
प्रहरीले मंगलबार बिहान झडप नियन्त्रणका लागि ५ राउन्ड अश्रुग्यास र ३ राउन्ड हवाइ फायर गरेको थियो । स्थानीय र प्रहरी गरी २१ जना घाइते भएका थिए । घटनामा घाइते सशस्त्र प्रहरीका तीन जनाको जिल्ला अस्पताल परासीमा उपचार भइरहेको छ । आक्रोशित समूहले प्रहरीको गाडीमा समेत आगजनी गरेको थियो । प्रहरीले उक्त कार्यमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares