काठमाडौँ– प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) प्रक्रिया टुंग्याउन दुई आयोग गठन गर्ने सहमति जुटेको छ । सोमबार सिंहदरबारमा सम्पन्न उच्चस्तरीय छलफलपछि आयोग गठन प्रक्रियाका लागि सर्च कमिटी बनाउने निर्णय भएको हो ।
प्रधानमन्त्रीका विज्ञ सल्लाहकार एवं एमाले नेता अग्नि खरेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति जनाएका छन् । खरेलले भने, ‘आयोग गठन गर्ने विषयमा सहमति भएको छ । अध्यक्ष तथा सदस्य सिफारिसका लागि सर्च कमिटी गठन प्रक्रिया सरकारले अघि बढाउनेछ ।’ उनले अब बाँकी प्रक्रिया छिट्टै अघि बढ्ने जानकारी दिए ।
सहमतिको आधारमा बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग गठन प्रक्रिया अगाडि बढाइनेछ । छलफलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा तथा प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल सहभागी थिए ।
यसअघि सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोगका पदाधिकारी सिफारिस गर्न सकेको थिएन । त्यसपछि प्रक्रिया अन्योलमा परेको थियो। मिश्र नेतृत्वको समितिले आवश्यक निर्णय गर्न नसकेपछि सरकारले नयाँ सर्च कमिटी गठन गरी प्रक्रिया पुनः सुरुवात गर्न लागेको हो । सरकारले संक्रमणकालीन न्यायलाई निष्कर्षमा पु¥याउन आवश्यक कानुनी सुधार र सरोकारवालासँगको परामर्शलाई प्राथमिकता दिने जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares