विराटनगर- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालय, जलेश्वरबाट एक कर्मचारी र एक लेखापढी कानून व्यवसायीलाई घुस लिँदालिँदै नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय, बर्दिबासबाट खटिएको टोलीले मंगलबार (हिजो) उक्त कारबाही गरेको हो।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, महोत्तरी मालपोत कार्यालयका खरिदार मुन्नु कुमार दास र लेखापढी कानून व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक गरी नक्सा सुधार गर्न सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना प्राप्त भएको थियो।
उक्त सूचना र उजुरीका आधारमा खटिएको टोलीले दुवैलाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ घुस लिने क्रममा नियन्त्रणमा लिएको हो । पक्राउ दास र महतोमाथि उक्त रकमसहित थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares