विराटनगर - उदयपुरको गाईघाटस्थित त्रियुगा बसपार्क मार्गको सडकपेटीमा बसिरहेका दिदीबहिनीको जिपको ठक्करबाट मृत्यु भएको छ।
प्रहरीका अनुसार गाईघाट बजारमा बस्दै आएकी
सप्तरीको राजविराजकी १४ वर्षीया अनुकुमारी दास र १२ वर्षीया देवीकुमारी दासको मृत्यु भएको हो ।
गाईघाट बजारबाट त्रियुगा बसपार्कतर्फ जाँदै गरेको प्रदेश नम्बर १ ०५–००१ च ०९२ नम्बरको जीपले डिएमगेट नजिक सडकको पेटीमा बसिरहेका दुवै जनालाई बिहीबार साँझ ठक्कर दिएको प्रहरीले भनेको छ ।
गम्भीर घाइते भएकी अनुकुमारीको घटनास्थलमा र अर्की घाइते देवीकुमारीको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक त्रियुगा- ९ गैरुनका १८ वर्षीय निर्जल कटुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त जिप गाईघाट हिमशिखर फर्निचर उद्योगको रहेको प्रहरीले बताएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares