विराटनगर– जग्गा बैनाको निहुँमा राजधानी काठमाडौँमा ६० लाख रुपैयाँ लुटिएको घटनामा संलग्न १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ स्थित मनहरा प्लानिङ क्षेत्रमा गत चैत २७ मा भएको घटनामा बौद्धका रितेश लामाले नवराज खनाललाई जग्गा बैनाको बहानामा बोलाइ नगद ६० लाख रुपैयाँ लुटेर कारमार्फत फरार भएको बताइएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी अपीलराज बोहराका अनुसार घटनामा संलग्न देखिएका १८ जनालाई नियन्त्रणमा लिइएको छ । उनीहरूबारे थप बुझुन काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गराइएको उनले बताए ।
प्रहरीका अनुसार लुटिएको रकममध्ये हालसम्म ३० लाख एक हजार रुपैयाँ मात्रै बरामद भएको छ । बाँकी रकम कहाँ र कसरी गायब भयो भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा पीडित खनालले उक्त रकम जग्गा कारोबारको प्रयोजनका लागि लगेपनि घटनाको प्रकृति शंकास्पद रहेको र थप पृष्ठभूमिबारे खोजबीन भइरहेको एक अनुसन्धान अधिकृतले जानकारी दिएका छन् ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares