काठमाडौँ– नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले चैत १५ मा राजधानीमा ठूलो जनप्रदर्शन गर्ने घोषणा गरेको छ । मंगलबार जारी विज्ञप्तिमा समितिले सम्पूर्ण राजसंस्था समर्थक, हिन्दू अधिराज्य पक्षधर तथा संघीयता विरोधी समूहहरूलाई प्रदर्शनमा सहभागिताका लागि आह्वान गरेको छ ।
संयोजक सुवेदीका अनुसार नेपाल हाल ‘विशिष्ट राजनीतिक संक्रमण’को चरणमा छ, जसका कारण देशभक्त तथा राजसंस्था समर्थकहरू एकजुट भएर अगाडि बढ्नु पर्ने अवस्था आएको छ । उनले राजधानी केन्द्रित सबै प्रदर्शन तथा आन्दोलनहरूमा समितिको पूर्ण साथ, सहयोग र समर्थन रहने उल्लेख गरेका छन् ।
त्यसैदिन समाजवादी मोर्चाले पनि राजधानीमा प्रतिरोध प्रदर्शन गर्ने तयारी गरेको छ । मोर्चाले राजसंस्थावादीहरूका गतिविधिविरुद्ध सडकमा उत्रने घोषणा गर्दै राजतन्त्रको पुनस्र्थापना प्रयासलाई लोकतान्त्रिक गणतन्त्रविरोधी कदमको रूपमा व्याख्या गरेको छ । राजधानीमा हुने यी प्रतिस्पर्धी प्रदर्शनहरूले राजनीतिक ध्रुवीकरणलाई थप चर्काउने आकलन गरिँदैछ । सुरक्षाका दृष्टिकोणले राज्य संयन्त्र सतर्क रहेको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares