विराटनगर– बैँकिङ कसुर मुद्दाका दुई फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँका २१ वर्षीय उज्जवल रौनियार र काठमाडौँ–४ सुकेधारा बस्ने मकवानपुर भीमफेदी–२ का ४० वर्षीय सञ्जीव कुमार बल हुन् ।
उज्जवलको विरुद्ध पर्सा जिल्ला अदालतमा र सञ्जीवको विरुद्ध बाँके जिल्ला अदालतमा मुद्दा परेको थियो । अदालतबाट पक्राउ पुर्जी जारी भइ फरार रहेका उज्जवललाई काठमाडौँको बबरमहलबाट शुक्रबार र सञ्जीवलाई काठमाडौँ सुकेधाराबाट शनिबार प्रहरीले पक्राउ गरेको हो । दुवैलाई सम्बन्धि जिल्ला प्रहरी कार्यालय पठाइएको केन्द्रीय प्रहरीले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares