विराटनगर– बालिकाको बलात्कार गरेको आरोपमा दाङमा एक र रुपन्देहीमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । १४ वर्षीयालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ शान्तिनगर गाउँपालिका–४ जुम्लेकुलाका २२ वर्षीय चन्द्र प्रसाद नाथलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले ती बालिकालाई शान्तिनगर–४ बगब्डवास्थित रानीवनको जंगलमा लगेर बुधबार बिहान बलात्कार गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
अर्को घटनामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रूपन्देहीमा दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउहरूमा देवदह नगरपालिका–३ गौरी टोलका २८ वर्षीय अजय थापा र ३५ वर्षीय गोविन्द थापा छन् । उनीहरूले ती बालिकालाई मंगलबार राति बलात्कार गरेको जाहेरीको आधारमा प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares