विराटनगर– आकर्षक तलब पाउने गरी पोल्याण्ड पठाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा ललितपुर–२७ सुनाकोठी बस्ने मोरङ उर्लाबारी–५ पथरीका ४६ वर्षीया भूमिका देवान र काठमाडौं महानगरपालिका–१४ बस्ने बाँके डुडुवा–५ कमदीका ५२ वर्षीय पशुपती खत्री छन् ।
पोल्याण्ड पठाइदिने भनेर भूमिकाले ३ पीडितहरूबाट ११ लाख रूपैयाँ र पशुपतीले १ पीडितबाट २ लाख २३ हजार रूपैयाँ लिइ सम्पर्कबिहीन भएको उजुरीको आधारमा प्रहरीले खोजी गरेको थियो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले भूमिकालाई ललितपुर सुनाकोठीबाट आइतबार र पशुपतीलाई काठमाडौं सतुंगलबाट शनिबार पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि वैदेशिक रोजगार ं पठाइएको प्रहरीले जनाएको छ ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares