काठमाडौं — नेपालमा एक महिनाभित्र भएका ५०१ आगलागी घटनामा ६ जनाको ज्यान गएको छ भने ३८ परिवार विस्थापित भएका छन्। आगलागीबाट ८७ घर तथा ५७ गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। साथै, १४६ पशुचौपायाले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेशकुमार आचार्यका अनुसार मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक छन्। घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र ३ बालिका घाइते भएका छन्।
आगलागीका कारण ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगो नियन्त्रणका लागि तीन हजार ६ सय १४ प्रहरी परिचालन गरिएको प्रहरी प्रवक्ता आचार्यले जानकारी दिए।
प्रहरीको विवरणअनुसार सबैभन्दा बढी कोशी प्रदेशमा आगलागीका १ सय ३५ घटना भएका छन्। त्यसपछि मधेश प्रदेशमा १ सय ५, लुम्बिनीमा ६४, बागमतीमा ४४, काठमाडौँ उपत्यकामा ४९, गण्डकीमा ३३, कर्णालीमा ३० र सुदूरपश्चिममा ४१ आगलागीका घटना दर्ता भएका छन् । विशेषज्ञहरूका अनुसार वर्षा कम हुनु, अत्यधिक सुख्खा मौसम र असावधानीका कारण आगलागीका घटना बढिरहेका छन्। आगलागीको जोखिम अझ बढ्न सक्ने भएकाले गृह मन्त्रालयले सावधानी अपनाउन सबैलाई आग्रह गरेको छ।
समाचार
अर्बपति विनोद चौधरीविरुद्धको मुद्दा सर्वोच्चमा १८ पटक पेसी
द नेप्लिज संवाददाताअर्बपति विनोद चौधरीविरुद्धको मुद्दामा सर्वोच्चले गरे १८ औँ पेसी स्थगित
द नेप्लिज संवाददातामन्त्री क्वाटरमा बिचौलियाले बिहानै घुसको ब्रिफकेस छाड्छनः शेखर कोइराला
द नेप्लिज संवाददाताकेन्द्रीय समितिले अनुशासन समितिको कारबाहीको विषयमा निर्णय लिन्छ : बालकृष्ण खाँड
द नेप्लिज संवाददाता‘नेपाल–भारतबीचको मैत्रीपूर्ण सम्बन्ध राज्य सत्ताले चाहेर पनि तोड्न सक्दैन’
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares