३ वैशाख २०८२, बुधबार 16 Apr 2025, Wednesday

युवा पलायनको असर विराट गोल्डकपमा, दर्शकको उपस्थिति न्यून (तस्बिरहरु)

द नेप्लिज संवाददाता
२७ फागुन २०८१, मङ्गलबार

Advertisement

विराटनगर– युवा जनशक्ति पलायनको असर विराटनगरस्थित सहिद रंगशालामा जारी नवौँ संस्करणको विराट गोल्डकप फुटवल प्रतियोगितामा देखिएको छ । विराट गोल्डकप फुटवल ट्रष्टले ‘विराटनगरको साथ, फुटवलको विकास’ मूल नाराका साथ सञ्चालन गरेको रात्रिकालीन विराट गोल्डकप फुटवल प्रतियोगिता २०८१ मा खेल हेर्ने दर्शकको उपस्थिति न्यून देखिएको छ । प्रतियोगिताको सेमिफाइनल चरण पूरा हुँदासम्म सम्पन्न आठ वटा खेलमा सहिद रंगशालाको प्याराफिट कहिले पनि भरेनन् । 

विराट गोल्डकपको अघिल्लो सिजनहरुमा खेल हेर्ने दर्शकहरुले सहिद रंगशालामा प्रवेश पाउन तँछाडमछाड नै गर्थे । प्रवेश नपाउँदा सहिद रंगशाला अगाडि सडकमा नै दर्शकहरुको भिड लाग्ने गरेको थियो । तर यो नवौँ संस्करणको खेलमा रंगशालाको एकातिरको पनि प्याराफिट भर्ने दर्शक आएनन् । यसले आयोजकलाई गहिरो असर पार्नुको साथै खेलमा पनि खासै उत्साह देखिएन । 

‘गोल्डकपको आयोजना गर्न हतारिएकोले पनि दर्शक अभावको समस्या आएको तर यही खेल चैत महिनामा आयोजना गरिएको भए दर्शकको उपस्थिति अहिलेको भन्दै बढी हुने थियो,’ उनहरुले भने, ‘पहिलो, खेलप्रति आकर्षण भएका युवा जमात विदेश पलायनले यहाँ भएका युवाहरुमा बढेको दैनिक कार्य बोझ र धार्मिक कार्यक्रमले गोल्डकप हेर्ने दर्शकमा कमी आएको हो ।’

अघिल्ला सिजनहरुभन्दा यसपटकको विराट गोल्डकपमा राम्रा टिम र राम्रा खेलाडिहरुको सहभागिताले प्रत्येक दिनको खेल फाइनल खेल जस्तै भएै पनि आयोजकको लक्ष्य अनुसार दर्शक आएनन् । विराट गोल्डकप आयोजक समितिका संयोजक नविन रिजालले दैनिक ८÷१० हजार दर्शक आउने र सिजनभरिमा ८० हजारसम्म दर्शकले गोल्डकप हेर्ने लक्ष्य लिएका थिए । तर त्यो अनुसारको दर्शक देखिएन ।

आयोजकले गोल्डकप हेर्न यसपटक अन्य सिजनभन्दा फरक व्यवस्था पनि गरेका छन् । गोल्डकप सुरु हुनुभन्दा अगाडि सांस्कृतिक प्रस्तुतिका साथै बसाइँ व्यवस्था पनि फरक बनाएका छन् । आयोजकले दर्शकको सहजताका लागि टिकटको व्यवस्थापन पनि फरक ढंगले गरेका छन् । सुरुको खेल हेर्न दैनिक प्रति व्यक्ति दुई सय, सिजनभरिको खेल हेर्न एक हजार सात सय, भीभीआईपी टिकट पाँच सयको लिएर दुई जना खल हेर्न सक्ने र पाँच हजारमा सिजनभरिका खेल हेर्ने भीभीआईपी टिकटको व्यवस्था आयोजकले गरेका हुन् । भीभीआईपी टिकट लिनेहरुको लागि बसाइँ व्यवस्थापन पनि भीभीआईपी नै रंगशालामा मिलाएका छन् तर पनि दर्शकलाई तान्न सकेनन् ।

युवा जनशक्ति विदेश पलायन, विवाह, वर्तबन्धलगायतको धार्मिक कार्यको सिजन, आर्थिक मन्दी, खेलप्रतिको घट्दो रुचीले गोल्डकप हेर्ने दर्शकमा कमी आएको आयोजक तथा ट्रष्टीहरु बताउँछन् । गोल्डकपको प्रचारप्रसारमा पनि भएको कमिकमजोरीले दर्शक घटेको स्थानीयको भनाइ छ । आयोजकले गोल्डकपको प्रचार प्रसारको माध्यम टिकटक, फेसबुक, युट्युबलगायतका सामाजिक सञ्जाललाई प्राथमिकतामा राखेकाले पनि दर्शकको विश्वास जित्न नसकेको स्थानीय युवा संजय दाहालको भनाइ छ । उनले सञ्चारमाध्यमबाट आएको विज्ञापनमा दर्शक विश्वस्त हुने तर सामाजिक सञ्जालमार्फत आएको विज्ञापन बढी फेक हुने गरेकाले पनि समस्या भएको बताए । 

मुलुकमा पैसा खर्च गर्ने संभ्रान्त परिवारका युवाहरु अध्ययन गर्ने नाममा र युवाहरु रोजगारीका लागि विदेश पलायन भएको र भएकाहरु काममा खटिनु परेकाले पनि गोल्डकपमा दर्शक अभाव भएको हो । अर्को, फाल्गुनमा हिन्दुहरुको विवाह, बर्तबन्धलगायतका धार्मिक कार्यहरु बढी हुने गरेकोले पनि गोल्डकप आयोजनको समय उपयुक्त नभएकोले दर्शकमा कमी आएको स्थानीय खेलप्रेमीहरुको भनाइ छ । ‘गोल्डकपको आयोजना गर्न हतारिएकोले पनि दर्शक अभावको समस्या आएको तर यही खेल चैत महिनामा आयोजना गरिएको भए दर्शकको उपस्थिति अहिलेको भन्दै बढी हुने थियो,’ उनहरुले भने, ‘पहिलो, खेलप्रति आकर्षण भएका युवा जमात विदेश पलायनले यहाँ भएका युवाहरुमा बढेको दैनिक कार्य बोझ र धार्मिक कार्यक्रमले गोल्डकप हेर्ने दर्शकमा कमी आएको हो ।’

आयोजक समितिका संयोजक रिजालले दर्शक तान्ने अनेकौँ तरिका अपनाएको तर प्रभावकारी नभएकाले यसको समिक्षा गर्दै आउँदो सिजनमा अहिले भएका कमिकमजोरी सुधारेर अघि बढ्ने प्रतिबद्धता जनाए ।  गोल्डकपको अन्तिम तथा फाइनल खेल फाल्गुन २८ गते बुधबार साँझ ६ः३० बजे सहिद रंगशालामा हुने भएकोले खेल हेर्न दर्शकलाई रिजालले आग्रह गरेका छन् । फाइनल खेल थ्रीस्टार र चर्च ब्वाइज यूनाइटेडबीच हुनेछ ।

प्रकाशित : २७ फागुन २०८१, मङ्गलबार 08:31
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved