एमाले मोरङ जिल्ला अधिवेशन
विराटनगर– नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनमा नयाँ नेतृत्व सर्वसम्मतिमा चयन गर्न केन्द्रीय नेताहरु असफल भएका छन् । पार्टी नेतृत्वको कोपभाजनमा परेका एमाले नेता बिनोद ढकाले केन्द्रीय नेताहरुको सर्वसम्मति प्रयासलाई असफल तुल्याइदिएका हुन् । अहिले जिल्ला तहका नेताहरु संस्थापन र इत्तर पक्षमा बाँडिएर छुट्टाछुट्टै प्यानल बनाइ चुनावी प्रतिस्पर्धा उत्रिने तयारीमा छन् ।
अधिवेशनको उद्घाटन सत्रमा पार्टीका उपाध्यक्ष रामबहादुर थापाले प्रधानमन्त्री तथा केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीको सन्देश सुनाउँदै नेतृत्वका लागि गुटबन्दी गर्न कसैलाई छुट नभएको बताएका थिए । यस्तै, पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले नयाँ नेतृत्व चयनका लागि गुटबन्दी गरेर चुनावी प्रतिस्पर्धा जाँदा तिक्तता बढ्ने भएकाले सर्वसम्मत गर्न निर्देशन दिएका थिए । उनले पार्टीको आन्तरिक प्रतिस्पर्धाले बढ्ने तिक्तताका कारण २०८४ को निर्वाचनमा पार्टीको निर्णायक शक्ति बन्ने लक्ष्यमा असर पर्ने भएकाले पनि सर्वसम्मत नेतृत्व चयनमा जोड दिएका थिए ।
यस्तै, एमालेका कोशी इञ्चार्ज शेरधन राई र मोरङ इञ्चार्ज जीवन घिमिरेले पनि सर्वसम्मतिमा नेतृत्व चयनका लागि पार्टीपंक्तिलाई आग्रह गरेका थिए । तर उनीहरुको आग्रह र निर्देशनलाई संस्थापनको जबर्जस्ती निर्णय थोपर्ने शैली र पार्टीका नेता ढकालको रणनीतिले तुहाइ दिएका छन् । दिउँसो १ बजेबाट सुरु हुने निर्वाचन प्रक्रियामा भाग लिन संस्थापन र इत्तर पक्षले चुनावी प्रतिस्पर्धाका लागि प्यानल तयार गरेर भोट माग्न थालेका छन् ।
संस्थापन पक्षबाट राजकुमार ओझा र इतर पक्षबाट अजम्बर राईको नेतृत्व प्यानल बनाएर चुनावी प्रतिस्पर्धाको तयारीमा जिल्ला नेताहरु होमिएका हुन् । पार्टीको प्रदेश अधिवेशनको केही अगाडिबाट प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीको कोपभाजनको सिकार भएका पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पक्षका पूर्वकेन्द्रीय सदस्य विनोद ढकालको मोरङमा बलियो प्रभाव रहका बीच संस्थापन पक्षका नेताहरु ओझाको नेतृत्वमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन् । अधिवेशनका लागि छनोट गरिएका ९१४ प्रतिनिधिमा ढकाल पक्षका ६० प्रतिशत र अध्यक्ष ओलीको संस्थापन पक्षका ४० प्रतिशत मात्रै रहेको एमाले नेताहरु भन्छन् । तर संस्थापन पक्षले भने जिल्ला अधिवेशनमा छनोट भएर आएका प्रतिनिधिमा आपूmहरुको ६० प्रतिशत रहेको दावी गरिरहेका छन् ।
तर २०८० असोजमा भएको पहिलो कोशी प्रदेश अधिवेशनमा प्रदेश अध्यक्षको उम्मेदवार बनेका ढकाललाई पराजित गरी अध्यक्ष ओलीको निर्देशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीलगायतका पार्टीका अधिकांश नेताको समर्थन घनश्याम खतिवडालाई जिताउन सफल भएका थिए । प्रदेश अध्यक्षमा ढकालले ४३० मत प्राप्त गर्दा खतिवडाले ५१२ मत ल्याएर विजयी भएका थिए ।
संस्थापन पक्षबाट पूर्वप्रदेश सांसद तथा पूर्वमन्त्री राजकुमार ओझाको नेतृत्वमा उपाध्यक्षमा शान्ति भुजेल, सचिवमा रविन थापालाई उम्मेदवार बनाएर प्रतिस्पर्धाको तयारीमा छन् भने इत्तर पक्ष अर्थात् ढकाल पक्षबाट जिल्ला समन्वय समिति मोरङ प्रमुख अजम्बर राईको नेतृत्व्मा उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा उषा झा र सन्तोष वान्तवालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेका एक नेताले बताए । सागर पूर्वविराटनगर महानगर अध्यक्ष तथा महानगर प्रमुखका प्रत्यासी हुन् भने सोमराज इन्सेकका पूर्वकोशी प्रमुख हुन । दुबै प्यान मतदाता रिझाउन व्यस्त छन् ।
जिल्ला धिवेशनले १ सय ६५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । जिल्ला अधिवेशनका लागि मोरङका १७ वटा स्थानीय तहका १ सय ५९ वडाबाट ६ सय ९२ जना, २३ वटा जनवर्गीय संगठनबाट १ सय १ जना, विशेष क्षेत्रबाट २४ जना, दलित ५१ जना र मनोनित ४६ गरी ९ सय १४ जना प्रतिनिधि मतदाता छन् ।
समाचार
मधेसका पूर्वप्रदेश प्रमुख राजेश झामाथि नाबालिगसँग यौन दुर्व्यवहारको आरोप
द नेप्लिज संवाददाताउर्लाबारीमा २० वर्षीया र सुर्खेतमा १४ वर्षीयासँग बलात्कार
द नेप्लिज संवाददातासरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares