विराटनगर — राजसंस्था पक्षधरहरूले यही जेठ १५ देखि अनिश्चितकालीन आन्दोलन गर्ने तयारी गरिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार झापा पुगेका छन्।
पूर्वराजा दुई साता बसाइका लागि दमक–९ स्थित हिमालयन महालक्ष्मी टी इस्टेटको मिनी दरबारमा पुगेका हुन्। उनी अपराह्न ४ बजे बुद्ध एयरको विमानमार्फत झापा आइपुगेका हुन्।
शाहको सुरक्षाका लागि सशस्त्र प्रहरी बल, नेपालको विशेष टोली दुई दिनअघि नै काठमाडौँबाट झापा आइपुगेको छ। उक्त टोली हाल हिमालय महालक्ष्मी टी इस्टेट परिसरमै खटिएको छ।
पूर्वराजाको आगमनसँगै सो टी इस्टेटमा केही दिनदेखि उनका परिवारका सदस्यहरूको समेत आउजाउ बढेको बताइएको छ। पूर्वराजाको यो बसाइ र राजसंस्था पक्षधरहरूको आन्दोलनबीचको तालमेलप्रति चासो बढेको छ।
समाचार
उपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares