एपीमाथिको कारबाहीलाई लिएर ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ । संघका अध्यक्ष युजिन ड्यानियल्सले ट्रम्प प्रशासनलाई तुरुन्तै यो कदम सच्याउन आग्रह गरेका छन् ।
विराटनगर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार अन्तर्राष्ट्रिय समाचार संस्था एशोसियटेड प्रेस (एपी) का प्रतिनिधिहरूलाई ह्वाइट हाउस प्रवेशमा रोक लगाएका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्ने कार्यक्रममा एपीका सञ्चारकर्मीलाई प्रवेश रोक लगाइएको हो ।
ट्रम्पको कार्यकारी आदेश बमोजिम ’गल्फ अफ मेक्सिको’लाई ’गल्फ अफ अमेरिका’ नलेख्ने भनेकै कारण ह्वाइट हाउसको समाचार संकलन कक्षमा प्रवेश गर्न आफूहरूमाथि रोक लगाइएको एपीले सम्पादकीय लेखेर अवगत गराएको छ । एपीले आफ्नो खबरमा ‘गल्फ अफ मेक्सिको’ लाई ’गल्फ अफ मेक्सिको’ नै लेख्ने भनेको थियो ।
ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि ’गल्फ अफ मेक्सिको’ लाई ’गल्फ अफ अमेरिका’ नामाकरण गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यो आदेशअनुसार गुगलले पनि नाम परिवर्तन गरी ’गल्फ अफ अमेरिका’ राखेको थियो । यद्यपि उसले उक्त नाम अमेरिका भित्रबाट हेर्दा मात्रै देखिने बनाएको थियो । अन्य मुलुकबाट दुवै नाम देखिइने बनाइएको गुगलले प्रष्टयाएको थियो ।
सरकारको खर्च कटौतीका लागि संघीय एजेन्सीहरूलाई इलोन मस्कसँग मिलेर काम गर्ने कार्यकारी आदेशमा ट्रम्पले हस्ताक्षर गरेका थिए । यसको समाचार संकलनका लागि पुगेका एपीका पत्रकाहरूलाई प्रवेश रोक लगाइएको थियो । एपीले यसलाई स्वतन्त्र पत्रकारितामाथिको प्रहार भनेको छ ।
’गल्फ अफ मेक्सिकोलाई गल्फ अफ अमेरिका नलेखेसम्म ह्वाइट हाउसमा प्रवेश नदिइने भन्ने सन्देश प्राप्त भएको छ,’ एपीले सम्पादकीयमा भनेको छ । स्वतन्त्र पत्रकारितामाथि डण्डा चलाउने ट्रम्प प्रशासनको यस कदमले स्वतन्त्र समाचार नागरिकसम्म पु¥याउन बाधा गरेको एपीको सम्पादकीयमा भनिएको छ ।
एपीमाथिको कारबाहीलाई ह्वाइट हाउसको पत्रकार संघले पनि आपत्ति जनाएको छ । संघका अध्यक्ष युजिन ड्यानियल्सले ट्रम्प प्रशासनलाई तुरुन्तै यो कदम सच्याउन आग्रह गरेका छन् । ’ह्वाइट हाउसले समाचार संस्थाहरुलाई न कसरी रिपोर्टिङ गर्ने भनेर निर्देशन दिन सक्छ, न त पत्रकारहरूलाई दण्डित गर्न । खुला आधिकारिक कार्यक्रमबाट एसोसिएटेड प्रेसका रिपोर्टरलाई प्रतिबन्ध लगाउने प्रशासनको कदम अस्वीकार्य छ,’ युजिनले भने ।
समाचार
रेडपान्डा चिच्याएपछि चोरहरु भागेका थिए...
द नेप्लिज संवाददाताहिन्दुराष्ट्र र राजसंस्थाका लागि पहिलो चरणको आन्दोलन सम्पन्न, दोस्रो चरणको तयारीमा राजावादीहरू
द नेप्लिज संवाददातासर्वोच्च अदालतको परमादेशले अप्ठेरोमा सरकार र माओवादी केन्द्र
द नेप्लिज संवाददाताविश्व/प्रवास
टिकटकर सेलिब्रेटी सना युसुफको हत्या किन भयो ?
द नेप्लिज संवाददातामंगोलियाका प्रधानमन्त्री ओयुन एर्डेनका छोराले प्रेमिकासँग महँगा ब्रान्डका झोलाहरू प्रदर्शन गरेपछि...
द नेप्लिज संवाददातासाहित्य/कला
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares