विराटनगर– उपराष्ट्रपति रामसहायप्रसाद यादवले होली पर्व २०८१ ले आम नेपालीबीच भातृत्व प्रेम, सामाजिक सद्भाव, बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दताका साथै एकता कायम होस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
उपराष्ट्रपति यादवले शुभकामना सन्देश जारी गर्दै अबिर र रङ्गहरुको सांस्कृतिक पर्व फागुपूर्णिमाको सुखद् उपलक्ष्यमा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि एवं सु–स्वास्थ्यको कामना गरेका हुन् ।
‘हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेशमा र त्यसको भोलिपल्ट तराई–मधेशमा फागु पूर्णिमा, होली, होरी, फगुवा, रङ्गपञ्चमी आदि नामले यो पर्व मनाउने परम्परा रही आएको छ,’ सन्देशमा भनिएको छ, ‘होली पर्व विभिन्न नामबाट मनाइए पनि यसको सारतत्व आपसी सद्भाव, भाइचारा र मेलमिलापका साथ खुशी साटासाट गर्नु नै हो ।’
प्राचीन कालमा चंदन र अबिर लगाएर मनाइने होली पछिल्ला केही वर्षयता कृत्रिम रङ्गहरुलगायतको प्रयोग बढ्दा मानव स्वास्थ्यमा प्रतिकूल असर परेकोर्ले उपराष्ट्रपति यादवले सबैलाई सचेत र सुरक्षित रुपमा यो पर्व मनाउन आग्रह गरेका छन् ।
‘हामीले हर्बल र प्राकृतिक रंगहरुको प्रयोग, तराई–मधेशमा परम्परागत ‘होलिका दहन’ अनुष्ठानलाई पनि वातावरणमैत्री बनाउँदै यसमा अनावश्यक तडक–भडकलाई निस्तेज गर्नुका साथै वातावरणमा सन्तुलन कायम गर्दै प्राचीन संस्कृति र रहनसहनलाई जीवन्त बनाई राख्नु हाम्रो दायित्व हो,’ उनले भनेका छन्, ‘मौलिक वाद्य उपकरण डम्फा र ढोलकको तालमा गाईने लोकभाका र परम्परागत होरी गीत र जोगिरा नेपाली संस्कृतिको मौलिक पहिचान हो । यसको जगेर्ना गर्न सक्नुपर्दछ ।’ यस अवसरमा तयार पारिने विशेष परिकारहरु मालपुवा, दालपुरी, खिर लगायतका मिठा–मिठा व्यञ्जनहरु सामूहिक रुपमा ग्रहण गर्नु नेपाली संस्कृतिको अर्को कालजयी रीतिरिवाज भएकोले यसको संरक्षण र संबर्धनमा सबै योगदान अपरिहार्य रहेको उपराष्ट्रपति यादवको भनाइ छ ।
असत्यमाथि सत्य, अन्यायमाथि न्याय, अधर्ममाथि धर्म र खराबमाथि असलको जीतको रुपमा मनाइने होली उत्सव र भावनासँग जोडिएको पर्व भएको उनी भन्छन् । ‘यो पर्वले समाजलाई रङ्गीन र जीवन्त बनाउन सघाउँदछ । प्रेम, सौहार्द तथा मैत्रीपूर्ण भावनालाई सवल र सुदृढ बनाउँदै परस्पर सम्मान र सहयोगी भावना अभिवृद्धिमा पनि टेवा पुर्याउँदछ,’ सन्देशमा भनिएको छ, ‘आपसी कटुता, मतभेद्, क्लेश, मनमुटाव र मनोमालिन्यता बिर्सेर पारिवारिक, सामाजिक र समुदायगत सम्बन्धलाई नविकरण गर्दै थप उचाईमा पुर्याउने होली एउटा उत्तम माध्यम पनि हो ।’
यो पर्व एकअर्कासंग मिलेर सामूहिक रुपमा मनाइने र पूरानो रीसिबीहरु बिर्सने एउटा अवसर भएकोले आपसी शत्रुता र टकरावलाई तिलाञ्जली दिँदै परस्पर सम्बन्धहरुमा नौलो आयाम र नयाँ ऊर्जासहित शुभारम्भ गर्नमा पनि यो पर्वले साधक बनोस् भन्ने उनले कामना गरेको छ ।
‘सामाजिक, सांस्कृतिक र राष्ट्रिय महत्व बोकेको होलीले हाम्रो सांस्कृतिक वैभव र धरोहरलाई समृद्ध बनाउनमा सघाउँदछ,’ सन्देशमा भनिएको छ, ‘नेपाली संस्कृतिको महत्वपूर्ण हिस्साका रुपमा रहेको यो पर्वमा रङ्ग–अबिर, लोकगीत, लोकभाका, लोकसंस्कृति, लोकनृत्य, लोकबाजा र जोगिरासँगै परम्परागत व्यञ्जनहरुको अनिवार्यताले हाम्रो संस्कृतिलाई जीवन्त बनाउँदै पुस्तान्तरण र परम्परागत रुपान्तरणमा सहयोग र टेवा पुग्दछ ।’
नयाँ पीढीलाई नेपाली संस्कृति र परम्पराबारे जान्ने अवसर प्राप्त भई आफ्नो संस्कृतिप्रति गर्व र सम्मान गर्ने भावना विकसित गर्नमा पनि सहयोगका लागि उनले अपिल गरेको छ ।
समाचार
सिराहामा युवतीको मृत्यु प्रकरण छानबिनका लागि समिति
द नेप्लिज संवाददाताशिक्षकहरूको आन्दोलनले सडक अवरुद्ध, यातायात महासंघद्वारा गृहमन्त्रीको ध्यानाकर्षण
द नेप्लिज संवाददातापरराष्ट्रमन्त्री राणाको तातोपानी नाका भ्रमणले कूटनीतिक संकेत !
द नेप्लिज संवाददाताराप्रपाका केही नेताको पद धरापमा
द नेप्लिज संवाददाताकेही स्थानमा वर्षा र हिमपातको सम्भावना
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares