बारा– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेकोले यसमा सबैको पहुँच हुनुपर्ने बताएका छन् ।
बाराको परवानीपुर–४ स्थित रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको सोमबार स्वर्ण महोत्सव उद्घाटनपछि उपराष्ट्रपति यादवले स्वास्थ्य सेवामा सबैको पहुँच पुर्याउन सरकारी तथा नीजि स्वास्थ्य क्षेत्रको थप सक्रीय भूमिका र सेवा भाव अपरिहार्य रहेको बताएका हुन् ।
‘नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ । यसलाई पूरा गर्न सरकारले आफ्नो नीति, योजना तथा कार्यक्रमहरूलाई प्राथमिकतामा राखेको छ ’ उनले भने, ‘मधेश प्रदेशको मात्र नभई सिंगो नेपालकै एक ऐतिहासिक, सांस्कृतिक, आर्थिक र औद्योगिक नगरी वीरगंजको प्रवेश द्वारमा अवस्थित यो अस्पतालले आफ्नो स्थापना कालदेखि नै उच्चस्तरीय आँखा उपचार सेवा उपलब्ध गराएर प्रशंसनीय काम गर्दै आएको छ ।’
अस्पतालका संस्थापक सदस्यमध्येका सुन्दरमल केडिया र उनका परिवारको योगदानको स्मरण गर्दै उपराष्ट्रपति यादवले केडिया आँखा अस्पतालले आँखाको उपचार क्षेत्रमा ठूलो फड्को मारेको र यसले सिंगो मुलुककै गौरव बढाएको बताए । ‘अस्पताललाई यो उचाईमा पुर्याउन सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ, एशियामा आँखा उपचार सम्बन्धी क्षेत्रमा सहयोग गर्ने संगठन (एओसीए), स्थानीय लायन्स क्लब, ओर्बिस इन्टरनेसनल, चिकित्सक, कर्मचारी र दाता केडिया परिवार सहित सम्पूर्ण सहयोगी हातहरूलाई धन्यवाद् दिन चाहन्छु ’ उनले भने, ‘अस्पतालले मधेश प्रदेशका विभिन्न जिल्लाहरू र छिमेकी भारतका बिहार एवम् उत्तर प्रदेशका जनसमुदायलाई सेवा प्रदान गरेर ठूलो योगदान पुर्याएको छ । ’
उपराष्ट्रपति यादवले अस्पतालले आधुनिक प्रविधिको माध्यमले आँखा सम्बन्धी विभिन्न सेवाहरू उत्कृष्ट रुपमा प्रदान गर्दै आएको उल्लेख गर्दै अस्पताललाई भविष्यमा पनि उत्कृष्ट सेवा मार्फत् मुलुककै नमूना आँखा उपचार केन्द्रको रूपमा विकसित गर्नुपर्ने बताए ।
उनले स्वर्ण महोत्सवको अवसर पारेर शिलान्यास गरिएका नवनिर्मित भवन र दृष्टि स्तम्भको अनावरणले अस्पताललाई थप उचाईमा पुर्याउने विश्वास व्यक्त गरे । अस्पतालले थप समर्पित भावबाट आँखा रोगहरूको निदान, उपचार र सर्जरीमा केन्द्रित अन्य सबै सेवाहरू प्रदान गर्दै आपतकालीन सेवाहरू थप विस्तार गर्नुपर्नेमा उनको जोड थियो। उनले समारोहमा हीरालाल केडिया ज्योतिर्गमय सम्मान एवम् पुरस्कार पाएकाहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै अस्पतालको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका हुन् ।
स्वास्थ्य
रिर्जभ एन्टिबायोटिक्स औषधी सबै फार्मेसीबाट बिक्रीको माग
द नेप्लिज संवाददातास्वास्थ्य सेवा सहज बनाउन दुई हजार पाँच सय स्वास्थ्यकर्मी यो वर्ष थप्दै छौंः स्वास्थ्यमन्त्री पौडेल
द नेप्लिज संवाददाताप्रदर्शनमा उत्रिए आवासीय चिकित्सकहरू
द नेप्लिज संवाददाताभुक्तानी दायित्व १६ अर्ब ४५ करोड, कोषमा मात्र १ अर्ब
द नेप्लिज संवाददातासरकारको निर्णय लत्याउँदै निजी मेडिकल कलेज
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares