फाइल तस्बिर ।
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत आइतबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइँदै छ । वैशाख ६ र ७ गरी यो दुईदिने कार्यक्रममा करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य सेवा विभागका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र एकदेखि पाँच वर्ष उमेर समूहका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि पनि खुवाइँदैछ । यससँगै बालबालिकामा कुपोषण परीक्षणसमेत गरिनेछ ।
कार्यक्रमलाई प्रभावकारी बनाउन देशभर करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालित गरिएको मन्त्रालयले जनाएको छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको सुरुआत सरकारले २०५० मा आठ जिल्लाबाट गरेको हो ।
यो कार्यक्रम २०५९ देखि देशभर विस्तार गरिएको हो । जुकाको औषधि खुवाउने कार्यक्रम २०५६ मा १३ जिल्लाबाट सुरु भइ २०६७ मा राष्ट्रव्यापी रूपमा लागू गरिएको थियो । त्यस्तै बालभिटा वितरण कार्यक्रम २०६४ देखि सञ्चालनमा छ ।
सरकारले प्रत्येक वर्ष वैशाख र कात्तिकमा भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि निःशुल्क वितरण गर्दै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार भिटामिन ‘ए’ ले बालबालिकामा दृष्टिदोष रोकथाम गर्नुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्दछ ।
स्वास्थ्य
मलेरियाविरुद्धको नयाँ रणनीति : झुलमै लगाइने औषधिले लामखुट्टेलाई परजीवीमुक्त बनाउने हार्वर्डको खोज
द नेप्लिज संवाददातासात जनामा कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयले सतर्कता बढायो
पालिकाकाे अस्पतालमा राज्यले चिकित्सक उपलब्ध गराउनुपर्छ : शेखर काेइराला
द नेप्लिज संवाददाताटाउको र घाँटीको क्यान्सर पीडितका लागि आशा जगाउने खबर
द नेप्लिज संवाददाताशिक्षण अस्पतालको लक्ष्यसहित जीवन विकास सामुदायिक अस्पताल निर्माण सम्पन्न
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares