विराटनगर– पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको आइतबार हुने फाइनल खेलमा उदयपुरको फ्युजन फुटबल क्लब गाइघाट र मोरङको लेटाङ फुटबल क्लब प्रतिस्पर्धा गर्दैछन् । दुबै टिमले उपाधि उचाल्ने रणनीतिका साथ मेदान उत्रने तयारीमा छन् ।
विराटनगर जुटमिल खेल मैदानमा हुने फाइनलमा दुवै टिम पहिलो पटक उपाधि जित्ने दाउमा छन् । दुवै टिम प्रतियोगितामा भाग लिएर पहिलो पटक मिल्स गोल्डकपको फाइलनमा पुगेको हो । मिल्स गोल्डकपको फाइनल अघि दुवै टिमका प्रशिक्षकले उपाधि जित्नका लागि खेल्ने बताएका छन् ।
लेटाङले क्वाटरफाइलनमा आयोजक लागिगँुरास स्पोर्टिङ क्बललाई टाइब्रेकरमा ४–२ गोलले र सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबलाई ६–३ गोलअन्तरले हराउँदै फाइनलमा पुगेको छ । उदयपुरले क्वाटरफाइलनमा सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले र सेमिफाइलनमा इटहरी टीएफसी तालतलैयालाई एक गोलको विरुद्ध पाँच गोल गर्दै फाइनल पुगेको हो ।
दुवै टिम मिल्स गोल्डपको उपाधि जितेर इतिहास रच्ने दाउसहित मैदान प्रवेश गर्ने तयारीमा छन् । गाइघाटका प्रशिक्षक विशाल राईले प्रतियोगितामा सहभागिता जनाएको पहिलो पटक मिल्स गोल्डकपको फाइलनमा पुगेकोले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए । ‘उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य रहेको छ,’ प्रशिक्षक राईले भने, ‘त्यही अनुसार खेलाडीहरु फाइलनमा मैदान प्रवेश गर्नेछन् ।’
लेटाङका प्रशिक्षक इन्द्र राईले मिल्स गोल्डकपमा सहभागिता जनाएको पहिलो पटक फाइनलमा पुग्नु उपलब्धी भएको र अब उपाधि जितेर इतिहास रचने लक्ष्य रहेको बताए । ‘फाइलनमा हामी टेक्निकल खेल प्रर्दशन गर्नेछौं र उपाधि कब्जा गर्ने हाम्रो एक मात्र लक्ष्य रहेको छ,’ उनले भने, ‘त्यही अनुसार फाइलनमा हामी अघि बढ्नेछौं ।’
प्रतियोगिताको विजेताले १ लाख १ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ पाउँने छ । विधागत पुरस्कार जनही ३ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । चैत ३ गतेबाट सुरु भएको प्रतियोगितामा एक भारतीय टिमसहित कोशी प्रदेशको ८ टिमको सहभागिता रहेको मिल्स गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष विष्णु डंगोलले जानकारी दिए । गत वर्षको प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपीएफ) पकली सुनसरीले जितेको थियो । फाइनलमा एपीएफले घरेलु टिम पेमा युवा क्लब विराटनगरलाई ३–१ गोलले पराजित गर्दै उपाधी उचालेको थियो ।
खेलकुद
इन्डो–नेपाल क्रिकेटः पटना सेमिफाइनलमा
द नेप्लिज संवाददाताइन्डो–नेपाल क्रिकेटःहोराइजन र एनबीएससी विजयी
द नेप्लिज संवाददातादीपेन्द्रसिंह ऐरीले टी–२० क्रिकेटमा शुन्यमा आउट नहुने खेलाडीको विश्व कीर्तिमान बनाए
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेटः पटना र विराटनगर फाइनलमा
द नेप्लिज संवाददाताइण्डो–नेपाल क्रिकेट कप विजेता वाइआरसीसी
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares