विराटनगर--यो वर्ष ११ वाणिज्य बैंकले लाभांश घोषणा गरेका छन् । हुन त सबै वाणिज्य बैंकले लाभांशसम्बन्धी निर्णय गरेको हो । राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले लाभांश दिएको छैन ।
गत वर्ष आठ बैंकहरु नेपाल बैंक, प्रभु बैंक, कुमारी बैंक, हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक, कृषि विकास बैंक, प्राइम कमर्शियल बैंक र सिटिजन्स बैंकले दिएको थिएन । यसपाली कृषि विकास, प्राइम र सिटिजन्स बैंकले लाभांश दिएका छन् । पोहोर दिने र यो वर्ष दिन नसक्नेमा राष्ट्रिय वाणिज्य, सिटिजन्स, एनआईसी एशिया, र माछापुच्छ्रे बैंक छन् । लगातार लाभांश दिननसक्ने बैंकहरुमा सिद्धार्थ, नेपाल एसबीआई, लक्षी सनराइज, स्ट्यान्डर्ड चार्टर्ड, नबिल, सानिमा, ग्लोबल आईएमई र एभरेष्ट बैंक छन् ।
ग्लोबल आईएमईले ५.५० प्रतिशत, सानिमा र लक्षी सनराइज बैंकले समान ५.२६ प्रतिशत, प्राइम कमर्शियल बैंकले ५ प्रतिशत, सिटिजन्स बैंकले ४.२१ प्रतिशत र सिद्धार्थ बैंकले ४ प्रतिशत लाभांश वितरण गरेका हुन् । गत वर्ष एनआईसी एशिया बैंकले सर्वाधिक ३०.५२ प्रतिशत लाभांश दिएको थियो । एभरेष्टले २०.५३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्डले २९ प्रतिशत, सानिमा बैंकले १४.७० प्रतिशत, माछापुच्छ्रे बैंकले १४ प्रतिशत, नबिल बैंकले ११ प्रतिशत र नेपाल एसबीआई बैंकले १०.५५ प्रतिशत लाभांश दिएका थिए ।
ग्लोबल आईएमई बैंकले ९ प्रतिशत, लक्ष्मी सनराइज बैंकले ७.३७ प्रतिशत, सिटिजन्स बैंक ५.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.५० प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत बराबरको लाभांश घोषणा गरेका थिए । प्रस्तुत विवरण अनुसार १० बैंकको लाभांश घटेको छ । पाँचवटा बैंकको बढेको छ । बाँकी पाँच बैंकको लाभांश शुन्यमा स्थिर छ । विगत वर्ष कुल बोनस सेयरबापत ४८.०१ प्रतिशत बोनस सेयर दिँदा यो वर्ष यो ३७.२६ प्रतिशतमा घटेको छ । खासगरी पाहोर आकर्षक बोनस सेयर घोषणा गरेका एनआईसी एशिया बैंक र माछापुच्छ्रे बैंकले यसपटक लाभांश नदिँदा यस्तो देखिएको हो ।
यो वर्ष बोनस सेयर भन्दा नगद लाभांशलाई बैंकहरुले बढी केन्द्रित गरेको देखिन्छ । लाभांश वितरण गर्ने निर्णय गरेका बैंकमध्ये ६ वटाले बोनस सेयर र १० वटा बैंकले नगद लाभांश दिएका छन् । यो वर्ष ७ वटा बैंकले बोनस सेयर दिँदा १२ वटाले नगद लाभांश दिएका छन् । सञ्चालनमा रहेको बीस वाणिज्य बैंकमध्ये नेपाल बैंकबाहेक सबै १९ बैंकले साधारणसभा आह्वान गरेका हुन् । यसमध्ये १७ बैंकको साधारणसभा सम्पन्न भइसकेको छ । दुई बैंकको हुन बाँकी छ । एनआईएमबीको फागुन १५ मा र एनआईसी एशियाको फागुन २२ मा साधारणसभा हुनेछ । एनआईसी एशियाले मंगलबारमात्रै साधारणसभा घोषणा गरेपछि यो संख्या १९ पुगेको हो । नेपाल बैंकले साधारणसभा न लाभांशको घोषणा गरेको छ ।
लाभांश घोषणा गर्ने ११ बैंकमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले सर्वाधिक २५.५० प्रतिशत, एभरेष्ट बैंकले १५.५३ प्रतिशत, नेपाल एसबीआई बैंकले १०.६५ प्रतिशत, कृषि विकास बैंक १०.५३ प्रतिशत र नबिल बैंक १० प्रतिशतसहित दोहोरो लाभांश दिने बैंकको सूचीमा छन् ।
अर्थ/वाणिज्य
राजनीतिक हस्तक्षेप र उमेर हद हटाउने संशोधनमाथि सर्वोच्चको लगाम : गभर्नर नियुक्तिमा निष्पक्षता खल्बल्याउने चिन्ता
सञ्चालकहरूलाई कैद र जरिवाना, पीडितलाई रकम फिर्ता हुने मार्ग खुल्यो
पहिलो प्रदेश लगानी सम्मेलन कोशीमा हुँदै
द नेप्लिज संवाददातासर्वसाधारणको १ करोड २ लाख रुपैयाँ अरुको खातामा
जितेन्द्र साहभरिया कुसाङ लामा थुनामा, मुख्य नाइके नारायण पौडेल फरार
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares