काठमाडौँ — नबिल बैंकले मनोज कुमार ज्ञवालीलाई कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गरेको छ । बुधबार बिहान बसेको बैंक सञ्चालक समिति बैठकले ज्ञवालीलाई यो जिम्मेवारी दिने निर्णय गरेको हो ।
ज्ञवाली यसअघि वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) थिए । उनले २०७७ साउनमा ज्योति विकास बैंकको सीईओ पदबाट राजीनामा दिएर नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए । त्यसपछि उनले महाप्रबन्धक, नायब प्रमुख कार्यकारी अधिकृत हुँदै सिनियर डीसीईओसम्मको पदोन्नति हासिल गरेका थिए ।
चार्टर्ड एकाउन्टेन्ट ज्ञवालीसँग नेपालको बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले नेपाल राष्ट्र बैंकमा वित्तीय जोखिम व्यवस्थापन, नियामक अनुपालन, रणनीतिक योजना र वित्तीय विश्लेषणमा विशेषज्ञता प्रदर्शन गरेका छन् । साथै उनले ग्लोबल आइएमई बैंक, ग्लोबल आइएमई क्यापिटल, ज्योति विकास बैंकलगायत संस्थामा उच्च तहमा बसेर काम गरेका छन् । ज्ञवालीको नेतृत्वमा नबिल बैंकले आगामी दिनमा थप प्रगति गर्ने अपेक्षा गरिएको छ ।
अर्थ/वाणिज्य
डलरको भाउ फेरि बढ्यो
द नेप्लिज संवाददाता२३ वर्षदेखि भिजिट भिसाको ओडारमा महिला तस्करी, सबै गृहमन्त्रीको संलग्नता शंकाको घेरामा
द नेप्लिज संवाददातातुलसी सहकारी घोटाला : अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद, ६९ करोड बिगो र जरिवाना
द नेप्लिज संवाददातापतञ्जलीले विदेशबाट ल्याएको अरबौंको रकम शंकास्पद, स्रोत र खर्चको प्रमाण नभेटिएको अख्तियारको दाबी
अमेरिकी डलरको बिक्रीदर १३७.५७ रुपैयाँ
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares