विराटनगर– कुपोषण मुक्त प्रदेशका लागि बेलका नगरपालिकाको अग्रसरतामा साझा धारणा बनाउन विराटनगरमा प्रदेशस्तरीय गोष्ठी बुधबार आयोजना गरिएको छ । पोषणसम्बन्धी प्रदेश सरकारको तथ्यांक र स्थानीयस्तरको अवस्थामा ठूलो भिन्नता देखिएपछि कुपोषण मुक्त प्रदेशका लागि साझा धारणा बनाउन छलफल गरिएको हो ।
बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार २०७९ साल साउनमा आएको बाढीका बेला बालबालिका, महिला, सुत्केरीलाई उद्धार गरेपछि बालबालिका कुपोषित रहेको देखियो । त्यसपछि नगरपालिकाको वडा ४ र ८ मा पोषणसम्बन्ध िसर्भे गर्दा अवस्था विकराल देखिएपछि महिला स्वास्थ्य स्वयं सेविकालगायतलाई परिचालन गरेर १ हजार ६७३ बालबालिकामध्ये १६४ जना कुपोषित भेटिएको प्रमुख कार्कीले बताए । जसमा २४ जना अति कुपोषित, १४० जना मध्यम कुपोषित रहेको थियो ।
‘बालबालिकामा कुपोषण हुनुको कारण गरिवी वा घरमा खानेकुरा नभएर भन्दा पनि सही तरिकाले खानेकुरा नखुवाउँदा कुपोषित भएको तथ्य सर्भेबाट देखियो,’ उनले भने, ‘त्यसपछि स्थाथ्यकर्मी, महिला स्वास्थ्य स्वयं सेविकालगायतलाई परिचालन गरेर घरमा भएको स्थानीय उत्पादनलाई नै सही तरिकाले पकाएर सही समयमा बालबालिकालाई खुवाउन सिकाएपछि ती बालबालिकाहरुमा कुपोषण निवारण भएको छ ।’
बेलका नगरपालिका–४ की मञ्जु राईको काँखे बालकमा कुपोषण भएको बारे अनभिज्ञ थिइन् । नगरपालिकाले पोषणसम्बन्धी सर्भे गर्ने क्रममा उनको छोरा मध्य कुपोषित भएको जानकारी पाएको उनले बताइन् । त्यसपछि नगरपालिकाबाट खटिएका व्यक्तिहरुले घरमा भएकै खानेकुरा मिसाएर पकाउन र खुवाउन सिकाएको र त्यही अनुसार खुवाउन थालेपछि अहिले स्वस्थ्य भएको बताइन् । उनले नगरपालिकाले आफ्नो छोराका लागि पोषिलो खानेकुराहरुसमेत उपलब्ध गराइदिएको बताइन् ।
प्रमुख कार्कीले नेपाल सरकारले सन् २०३० सम्ममा देशलाई कुपोषण मुक्त बनाउने लक्ष्य लिएको तर आफूले पालिकालाई दुई वर्षभित्र कुपोषण मुक्त बनाउने गरी योजना तथा कार्यक्रम ल्याएर काम अघि बढाएको बताए । ‘सहारा नेपालको प्राविधिक सहयोग र एसिएफको आर्थिक सहयोगमा नगरपालिकास्थित बाँकी ७ वटा वडामा कुपोषणको वास्तविक अवस्था पत्ता लगाउन सर्भे अभियान सञ्चालन गर्दै छौं,’ उनले भने, ‘कुपोषित बालबालिकाको वास्तविक तथ्यांक आइसकेपछि पोषणयुक्त खानाका साथै अन्य उपाय अपनाएर कुपोषण मुत्तः बनाउनुका साथै अब जन्मिने बालबालिकामा कुपोषण हुन नदिने उपायहरु अबलम्बन गर्ने योजना बनाएर कार्यान्वयनमा लगेको छु ।’
बेलका नगरपालिकाले कुपोषण मुक्त पालिका बनाउने अभियानले प्रदेशको मात्रै नभइ संघीय सरकारको समेत ध्यान तान्न सफल भएको छ । कोशी प्रदेश सरकार, प्रदेश योजना आयोग, राष्ट्रिय योजना आयोग, स्वास्थ्य तथा जनसंख्या, कृषि मन्त्रालयलगायतको उपस्थितिमा बेलका नगरपालिकाले कुपोषण निवारणका लागि गरेको कामको अनुभव प्रत्यक्ष रुपमा सुनेर प्रदेश र देशको लागि साझा धारण बनाउन उपयोगी भएको स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञानबहादुर वस्नेतले बताए ।
स्वास्थ्य
प्रदर्शनमा उत्रिए आवासीय चिकित्सकहरू
द नेप्लिज संवाददाताभुक्तानी दायित्व १६ अर्ब ४५ करोड, कोषमा मात्र १ अर्ब
द नेप्लिज संवाददातासरकारको निर्णय लत्याउँदै निजी मेडिकल कलेज
द नेप्लिज संवाददाताकर्णाली प्रदेश अस्पतालविरुद्ध १५ लाख रुपैयाँ क्षतिपूर्तिको आदेश
भिटामिन ’ए’ खुवाउने आज अन्तिम दिन
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares