काठमाडौँ – राजसंस्था पुनःस्थापनाका लागि बुधबार काठमाडौँको स्मार्ट दरबारमा भएको प्रतिवद्धता सभामा विभिन्न पार्टी र संस्थाका प्रमुख नेताहरूको सहभागिता देखियो । यो सभा संयुक्त जनआन्दोलन समितिको आयोजनामा गरिएको थियो । यसका प्रमुख वक्ताहरूले राजसंस्थाका पक्षमा आफ्नो प्रतिवद्धता व्यक्त गरे ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सभा सम्वोधन गर्दै राजसंस्था पुनःस्थापना अभियानमा आफू पूर्ण रुपमा प्रतिवद्ध रहेको बताएका छन् । उनले भने, ‘मन, वचन र कर्मले प्रतिवद्ध हुँदै यो संघर्षको मैदानमा उत्रन तयार छु ।’ थापाले लोकतन्त्र लुटतन्त्रमा परिणत भएकोले राजसंस्था आवश्यक भइसकेको बताए ।
नेकपा एमालेकी पूर्वसांसद गंगा चौधरीले २०७२ को संविधान निर्माणसँगै हिन्दुराष्ट्र र राजसंस्थाको आवश्यकता परेको बताएका छन् । चौधरीले चर्को भाषामा भनिन्, ‘अहिले नेपालका नेताहरुलाई तेस्रोलिङ्गीहरूले विदेशमा स्वागत गरेको देख्दा लाज लागेर आउँछ ।’ उनको यो भनाइले सभामा उपस्थितहरूलाई अचम्मित बनायो । उनका टिप्पणीहरूले विवाद निम्त्यायो, विशेष गरी लैंगिक अल्पसंख्यक समुदायप्रति गरेको विभेदका कारण ।
राष्ट्रिय शक्ति नेपालका संयोजक केशरबहादुर बिष्टले माओवादी पार्टीलाई आतंककारी भनेका छन् । राजसंस्था पुनःस्थापना अभियानलाई केवल पार्टी र संस्थाबाट नभइ राष्ट्रिय एकतासँगै अघि बढाउनुपर्नेमा उनले जोड दिए । बिष्टले राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपामा आरोप लगाउँदै भने, ‘राप्रपा ढाडमा टेकेर टाउकोमा हान्न सिकेको छ ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन भने प्रतिवद्धता सभामा अनुपस्थित रहे । राप्रपाका अन्य नेताहरू भने सभामा देखिएका थिए । राप्रपाका पूर्व अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिष्टका आरोपको खण्डन गर्दै भने, ‘राप्रपा संसदमा जनताबाट निर्वाचित भएर पुगेको हो ।’
यस प्रतिवद्धता सभामा सहभागिता जनाएका नेताहरूले राजसंस्था पुनःस्थापना अभियानमा सशक्त र निरन्तर संघर्षको प्रतिबद्धता जनाए । तर यो प्रक्रिया र प्रकरणका बीचमा विभिन्न विवाद र आरोप–प्रत्यारोपले ठाउँ लिएको छ जसले यो अभियानको भविष्यमा चुनौतीहरू ल्याउन सक्छ ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविराटनगरमा पालिका उप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares