विराटनगर– नेकपा एमालेले देशभरिका जिल्ला सदरमुकाममा संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सोमबार जनप्रदर्शन गरेको छ। नेकपा एमाले मोरङले विराटनगरमा प्रदर्शन गरेको हो । पार्टी कार्यालय पाञ्चालीबाट सुरु भएको र्याली महेन्द्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
एमाले उपाध्यक्ष गुरु बरालले मुलुकमा राजनीतिक स्थिरताका लागि देशको दुई ठूला राजनीतिक पार्टी एक ठाउँ आएर सरकार गठन गरेको बताएका छन् । ‘अहिलेको एकमात्र एजेण्डा रहेको छ,’ उनले भने, ‘राजनीतिक स्थिरतालाई कायम राख्दै समृद्धिको मार्गमा अघि बढ्ने हो ।’
कोणसभामा मदन भण्डारीले नै नेपाली कांग्रेस लगायत त्यो बेलाका आन्दोलनका पक्षधर शक्तिहरू मिलेर कमसेकम एक कार्यकाल राज्य सञ्चालन गरेर जनताको समृद्धिको जनचाहनालाई पूरा गरेर मात्रै प्रतिस्पर्धा गर्न आह्वान गरेको उनले सम्झेका थिए । ‘अहिले सबै राजनीतिक शक्तिहरूलाई राजनीतिक स्थिरताको लागि अपिल गरिरहेका छौं र नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सहकार्यबाट राजनीतिक स्थिरता हामीले पैदा गर्ने कोसिस गरिरहेका छौँ,’ बरालले भने, ‘मुलुकको आर्थिक समृद्धिका लागि हामीले पूर्वाधार विकासका काम गरिरहेका छौं । पूर्वाधार विकास सँगसँगै आर्थिक सुशासनको तयारी गरेका छौँ ।’
एमाले मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले गणतन्त्र नेपालको राष्ट्रपतिले खाने तलब भनेको १ लाख ५० हजार हो जबकि राजतन्त्रमा आजभन्दा करिब ४० वर्ष अगाडि राजाले मात्रै ४० लाख तलब खाने गरेको बताएका छन् । ‘रानीको बेग्लै, राजाका भाइ भारदारहरूको तलब बेग्लै हुन् थियो । त्यसैले गणतन्त्रको विकल्प राजतन्त्र कहिले थिएन र हुँदैन पनि,’ उनले भने, ‘मरिसकेको राजतन्त्र फर्किने सम्भव नभएको र सुखी नेपाल, समृद्ध नेपालको अवधारणामा देश अघि बढिरहेको छ ।’
एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले गणतन्त्र अहिलेको आवश्यकता भएको र गणतन्त्र जनताले ल्याएकोले यसमाथि कसैले धाबा बोल्ने अधिकार बसैलाई नभएको बताए । एमाले मोरङ अध्यक्ष अजम्बर राईले आफ्नो पार्टीको धारणा सुनाउँदै कार्यक्रम सुरु गरेका थिए ।
समाचार
सरकारमा जाने वित्तिकै सबै क्षेत्रमा सुधार गरिहाल्ने जादुको छडी कसैसँग छैनः उपप्रधानमन्त्री सिंह
द नेप्लिज संवाददातावीरगन्जमा पाँचौँ दिन पनि तनाव कायमै
द नेप्लिज संवाददातासत्तारुढ गठबन्धनभित्र गहिरिँदै संकट
द नेप्लिज संवाददाताकोशी प्रदेशमा विशेष सतर्क रहन अनुरोध
द नेप्लिज संवाददातायौन हिंसा पीडित सप्तरीकी एक दलित किशोरीको हत्या
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares