विराटनगर– चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती ‘मकुना’को हत्या विरोधमा बिहीबार पशु कल्याण संघ नेपालले काठमाडौंको बबरमहलस्थित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग परिसरमा प्रदर्शन गरेको छ ।
प्रदर्शनमा पशुअधिकारकर्मीहरूको सहभागिता थियो । प्रदर्शनकारीले मकुनाको हत्यारालाई कारबाहीको माग गरेका छन् । हात्तीको मृत्युको विषयमा गठित छानबिन समितिमा सरकारका मान्छेहरु मात्र रहेकोमा उनीहरुले त्यसमा पशु कल्याणको श्रेत्रमा कार्यरतलाई राखिनुपर्ने बताएका छन् ।
प्रदर्शनमा उनीहरूले मकुनालाई न्याय दे.., राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो.., निर्दोष जनावरको हत्या बन्द गर.. भन्ने.नारा लगाएका थिए । सुरक्षार्थ खटिएको नेपाली सेनाको गोली लागेर माघ २३ मा मकुनाको मृत्यु भएको थियो । सुरक्षाकर्मीहरूले हात्तीले आक्रमण गर्न आए पछि गोली चलाउनु परेको बताएका थिए ।
उक्त निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा भएको ’मकुना’को मृत्यु प्रकरण सम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा बुद्धिसागर पौडेलको संयोजकत्वको कार्यदलले तीन दिनदेखि थालेको स्थलगत अध्ययन सकेर बुधबार काठमाडौँ फर्किएको छ । मन्त्रालयले आगामी दिनमा यस्ता घटना हुन नदिन सुरक्षा सावधानीलगायत विषय प्रतिवेदनमा समावेश गरी सुझाव दिन सात दिनको कार्यादेशसहित कार्यदल गठन गरेको थियो ।
पौडेलको संयोजकत्वमा बनेको पाँच सदस्यीय कार्यदलले गत माघ २७ देखि काम थालेको थियो । उनीहरूले सौराहाका निजी हात्ती सञ्चालक, युनाइटेड हात्ती सहकारी संस्थाका प्रतिनिधि, सामुदायिक वनका प्रतिनिधि, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका प्रतिनिधिसँग भेटेका थिए । हात्ती पालकहरूले राज्यले निश्चित ठाउँ तोकिदिए व्यवस्थापनमा सहजीकरण गर्न तयार रहेको बताएका छन् ।
समाचार
प्लाष्टिकले पृथ्वी र मानव अस्तित्व संकटमाः उपराष्ट्रपति यादव
द नेप्लिज संवाददाताकोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares