६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

देउवाले योगी आदित्यनाथलाई धन्यवाद दिए...

द नेप्लिज संवाददाता
२५ चैत २०८१, सोमबार

Advertisement

विराटनगर– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत नेपालमा राजतन्त्र फर्काउने पक्षमा नरहेको बताएका छन् । गणेशमान सिंह फाउण्डेसनद्वारा सोमबार काठमाडौँमा आयोजित गोष्ठीमा उनले भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरको योगदानको महत्व र नेपालमा प्रजातन्त्रको स्थापनामा भारतको समर्थनको चर्चा गर्ने क्रममा उक्त दाबी गरेका हुन् ।

सभापति देउवाले भारतले नेपालमा राजसंस्था पुनस्र्थापना गर्न चाहेको हल्लाको पछि नलाग्न आग्रह गरे । नेपालका राजावादीले व्यवस्थाविरुद्धको आन्दोलनमा आफ्नो फोटो बोकेको केही दिनमै योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालको गणतान्त्रिक व्यवस्थामा आफ्नो समर्थन रहेको बताएको देउवाको भनाइ छ । व्यवस्थाविरोधीप्रति कुनै समर्थन नरहेको आदित्यनाथले बताएको दाबी गर्दै देउवाले उनलाई सार्वजनिक रुपमा धन्यवाद पनि दिएका छन् ।
‘मलाई थाहा छ, भारतीय नेताहरूको राजावादी आन्दोलनमा कुनै समर्थन छैन,’देउवाले भने । देउवाले गणतन्त्रप्रतिको प्रतिबद्धताका निम्ति भारतीय नेताहरूलाई धन्यवाद दिए ।

देउवाले चन्द्रशेखरको योगदानको महत्वलाई जोड्दै भने, ‘चन्द्रशेखरजीले नेपालमा प्रजातन्त्र स्थापनाका लागि ठूलो सहयोग गर्नुभएको छ । उ बेला भारतले नेपालमा कहिल्यै प्रजातन्त्र चाहन्न भन्ने थियो । चन्द्रशेखरजी आएपछि, भारतको नीति स्पष्ट भयो र हामीले ठूलो संघर्ष गरेर गणतन्त्र ल्यायौँ ।’

सभापति देउवाले नेपालमा गणतन्त्र स्थापनाको प्रक्रिया अझै सुधार्न र राजनीतिक दलहरू बीच सहकार्य आवश्यक रहेको बताएका छन् । उनले नेपालका राजनीतिक दलहरूलाई समन्वय र सहकार्यको महत्व सम्झाउँदै भने, ‘गणतन्त्रको दीर्घायूका लागि सबै दलहरूबीच सल्लाह, समन्वय र साझेदारी आवश्यक भइसकेको छ ।’

प्रकाशित : २५ चैत २०८१, सोमबार 18:03
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved