विराटनगर– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले कार्यक्रम स्थलको फोहोर सफा गरेकोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई धन्यवाद दिएका छन् । राप्रपाले मंगलबार काठमाडौंको बल्खुमा खबरदारी सभा गरेको थियो । उक्त सभाको समापन पछि राप्रपाका स्वयंसेवक तथा नेता– कार्यकर्ताहरूले कार्यक्रम स्थलमा थुप्रेको फोहोर सोहोरेका थिए।
‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन, सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ,’ मेयर शाहले मंगलबार अपराह्न फेसबुकमा लेखेका छन्, ‘राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै–धेरै धन्यवाद छ ।’
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काठमाडौं महानगरपालिकालाई कार्यक्रम क्षेत्रको फोहोर राप्रपा आफैले सफा गर्ने भन्दै पत्र नकाट्न सुझाव दिएका थिए । अध्यक्ष लिङ्देनका अनुसार राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायत स्वयंसेवकहरूले बल्खु सभापछि सरसफाइ गरेका थिए ।
यसअघि राप्रपालाई महानगरले फोहोर र महानगरका संरचनामा क्षति पु¥याएकोमा एक लाख रुपैयाँ जरिवाना तिराएको थियो । लिङ्देनले आजको सभाको क्रममा भएको फोहोर आफै टिपेर जान कार्यकर्ताहरूलाई निर्देशन दिएका दिए ।
साथै उनले आजको सभामा हतारहतार जरिवाना पत्र काटेर हिरो नबन्न काठमाडौँ महानगरका मेयर बोलन साहलाई भनेका थिए । यसअघि तीनकुनेमा प्रदर्शनपछि महानगरपालिकाको कार्यालयले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा ७ लाख ९३ हजार रुपैयाँको जरिवाना पत्र काटेको थियो ।
स्थानीय सरकार
हर्क साम्पाङको नयाँ राजनीतिक घोषणा : २०८४ मा सबै पालिका र क्षेत्रबाट उम्मेदवारी दिन्छौँ
द नेप्लिज संवाददाताचार दशकदेखि अलमलिएको सीमा विवाद हल गर्न सोलु–ओखलढुंगाले गठन गरे कार्यदल
द नेप्लिज संवाददाताटेण्डर सूचना लुकाएर ठेक्का बाँडफाँड, तिलाठी कोईलाडीका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
द नेप्लिज संवाददाताविराटनगर महानगरले पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन गर्दै
द नेप्लिज संवाददाताकांग्रेस र माओवादीको वडाध्यक्षहरुद्वारा सरकारी पुल कवाडीमा बिक्री, सार्वजनिक सम्पत्ति चोरीमा अनुसन्धान
Darbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares