काठमाडौं– फोहोर नगरी र केही नभत्काइ आन्दोलन गरेकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले आन्दोलनरत शिक्षकहरूलाई धन्यवाद दिएका छन् । शिक्षकहरूले बुधबारदेखि काठमाडौं केन्द्रीत आन्दोलन थालेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले महानगरले जरिवाना खोजेको नभइ चेतना खोजेको समेत उल्लेख गरेका छन् । ‘सार्वजनिक सम्पति आफ्नो हो भनेर जोगाउने चेतनशील समाजको निर्माण गर्न खोजेको हो । यही शिक्षा तपाईले आफ्नो विद्यार्थीहरूलाई पनि दिनुहोला,’उनले लेखेका छन्,‘तपाईहरू त झन् शिक्षक हुनुहुन्छ, तपाईहरूको त झन् ठूलो जिम्मेवारी र भूमिका छ यसमा ।’
आफ्नो कुरा राख्नलाई विद्यार्थीहरूको पढाइ नबिगारी कार्यक्रम गरिदिन समेत बालेनले अनुरोध गरेका छन् । बालेनले गाउँगाउँमा सिंहदरबार भन्ने त नारामा मात्र सिमित भएको बताउँदै एकदिन आफ्नो अधिकारको लागि काठमाडौ धाइरहनु नपर्ने अवस्था आउनेमा आशा व्यक्त गरेका छन् ।
समाचार
विराटनगरमा पालिका उपप्रमुख तथा उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन सुरु
द नेप्लिज संवाददाताविराटनगरमा कांग्रेस नेता शेखर कोइराला समूहको भेला
द नेप्लिज संवाददाताविद्यालय भवन निर्माणमा भ्रष्टाचार, तत्कालीन शिक्षा अधिकारी ज्ञानमणि नेपालसहित ९ जनाविरुद्ध मुद्दा
द नेप्लिज संवाददाताकान्तिपुर दैनिकको परिचयपत्रको आडमा रामेछापका पत्रकार टिका भट्टद्वारा १ करोड १५ लाखभन्दा बढी भ्रष्टाचार भएको अख्तियारको खुलासा
द नेप्लिज संवाददाताअब्बल प्रहरी जवान हरदेव राजवंशीको शव फेला, अर्का जवान सुरज साउद अझै बेपत्ता
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares