विराटनगर– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी सामानमा लगाउने भन्सार महसुल घटाउने गृहकार्य थालेका छन् । उनको यो तयारीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मख्ख पार्ने नीतिको रुपमा बुझिएको छ । उनी अमेरिकासँग ‘ब्यापार युद्ध’ ले हुने नोक्सानी चाँहदैनन् ।
ट्रम्पसँगको निर्धारित भेटघाट अगाडि अमेरिकी सामानहरूमा महसुल कटौती गर्ने दिशामा मोदी अघि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खुलस्त पारेको छ । उनी ट्रम्पको निम्तोमा बुधबार र बिहीबार अमेरिकाको राजकीय भ्रमणमा जाँदै छन् । ट्रम्पले मंगलबार र बुधबार संसारका सबै मुलकमाथि ’रेसिप्रोकल’ महसुल अर्थात अमेरिकी समानमा कुनै राष्ट्रले जति महसुल लगाउँछन्, ती मुुलुकका सामान अमेरिकामा आयात हुँदा त्यति नै भन्सार दर लगाउने घोषणा गरेका छन् ।
भारतीय बजारमा अमेरिकाको इलेक्ट्रोनिक, चिकित्सा र शल्यक्रिया उपकरणहरूका साथै केही रसायनहरूलाई सहज बनाउन मोदीले महसुल घटाउने मनसाय बनाएका छन् । भारत अमेरिकासँग सानो व्यापार सम्झौताका लागि पनि खुला रहेको मोदीको गतिविधिबाट झल्किन्छ । भारतको सबैभन्दा ठूलो साझेदार अमेरिकालाई नउक्साउन मोदी ट्रम्पसँग सहमतिमा पुगेर सम्भावित व्यापार युद्धबाट जोगिन चाहेका छन् । मोदीको यो कदमले भारतीय अर्थतन्त्रमा असर पर्ने अर्थविदहरुको भनाइ छ ।
सन् २०२३/२४ मा दुई मुलुकबीच ११८ अर्ब डलरको व्यापार हुँदा भारतलाई ३२ अर्ब डलरको नाफा भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसारभरिका मुलुकहरूबाट आउने सामानमा लगाउन चाहेको ’रेसिप्रोकल’ भन्सार महसुलले अमेरिकालाई विश्वका अन्य मुलुकसँग व्यापार युद्धमा धकेल्ने खतरा छ ।
ट्रम्पले आइतबार सञ्चारकर्मीहरुसँग अमेरिकामा आउने स्टिल र आलमुनियमको आयातमा सोमबारदेखि थप २५ प्रतिशत महसुल लगाउने प्रष्टयाएका छन् । अमेरिकामा स्टिल निर्यात गर्नेहरुमा क्यानडा, ब्राजिल, मेक्सिको, दक्षिण कोरिया र भियतनाम मुख्य हुन् । अमेरिकामा प्राथमिक आलमुनियम धातुको सबैभन्दा ठूलो आपूर्तिकर्ता क्यानडा हो । उसले २०२४ को पहिलो ११ महिनामा अमेरिकाको कुल आयातको ७९ प्रतिशत ओगटेको थियो ।
अमेरिकामा औसत भन्सार दर एकदमै कम छ । संसारका लगभग सबै मुलुकमा औसत भन्सार दर अमेरिकाको भन्दा धेरै छ । ‘यदि उनीहरूले हाम्रा सामानमा महसुल लगाउँछन् भने हामी पनि उनीहरूका सामानमा त्यति नै महसुल लगाउँछौं, यो सामान्य कुरा हो,’उनले भन्दै आएका छन् ।
विश्व व्यापार संगठनका अनुसार, अमेरिकाको औसत महसुल लगभग २ दशमल २ प्रतिशत छ । भारतको १२ प्रतिशत, ब्राजिलको ६.७ प्रतिशत, भियतनामको ५.१ प्रतिशत र युरोपेली संघका मुलुकहरूको २.७ प्रतिशत छ । युरोपेली संघले अमेरिकी कार आयातमा १० प्रतिशत महसुल लगाइरहेको । तर अमेरिकाले युरोपेली कारहरूमा २.५० प्रतिशत मात्र महसुल लगाउँदै आएको छ।
समाचार
कोशीमा अपाङ्गता भएका व्यक्तिहरूको प्रतिभा पहिचान गरिँदै
द नेप्लिज संवाददाताउपराष्ट्रपति यादव र रुसी राजदूत नोभिकोभबीच शिष्टाचार भेट
द नेप्लिज संवाददातापतञ्जलीको जग्गा काण्डमा पूर्वप्रधानमन्त्री माधव नेपालसहित भ्रष्टाचार मुद्दा लागेका ९३ जना को-को हुन् ?
द नेप्लिज संवाददाताभिजिट भिसाको विषयमा अख्तियारको छानबिनपछि निष्कर्ष निस्किन्छ : गगन थापा
द नेप्लिज संवाददाताविश्व/प्रवास
अमेरिकामा नेपालीका लागि २०२५ अगस्त ५ पछिका लागि बसोबास असम्भव
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares