६ वैशाख २०८२, शनिबार 19 Apr 2025, Saturday

हराइरहेकी बालिकाको शव बोरामा बेरेर खोलाको किनारमा गाडिको फेला

२६ चैत २०८१, मङ्गलबार

Advertisement

विराटनगर– मकैबाली जोगाउन जंगली जनावरलाई लक्षित गरी थापिएको धरापमा परेर गोलबजार–९, गोविन्दपुरमा घाँस काट्न गएकी सिरहाकी १३ वर्षीया बालिका गुलसना खातुनको मृत्यु भएको खुलेको छ । 

घटनासँग सम्बन्धित आरोपमा प्रहरीले स्थानीय २४ वर्षीय वीरबहादुर सार्कीलाई चैत २४ मा पक्राउ गरेर सिरहा जिल्ला अदालतबाट ज्यानसम्बन्धी कसुरमा सात दिनको म्याद समेत लिइसकेको छ । गएको फागुन २९ मा बिहानदेखि हराएकी गुलसना चैत १२ मा सडेगलेको अवस्थामा फेला परेकी थिइन् । उनी घर नफर्किएपछि भोलिपल्ट आमाले मिर्चैया प्रहरीमा उजुरी दिएकी थिइन् ।

१३ दिनसम्म हराएकी बालिकाको शव गोलबजार नजिकैको घुर्मी खोलाको किनारमा बोरामा बेरेर गाडिएको अवस्थामा भेटिएको थियो । शव भेटिएपछि मिर्चैया प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी )  र मधेस प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा घटनास्थलबाट बालिकाले प्रयोग गरेको हँसिया समेत फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार फागुन २९ को बिहान करिब ९ बजे सार्कीले थापेको धरापमा बालिका परेपछि उनले घटनालाई लुकाउने उद्देश्यले शव बोरामा हालेर खोलाको किनारमा गाडेका थिए ।

सडेगले पनि मृतककी काका पर्ने सफिजुल रहमानले पहिचान र सनाखत गरिदिएका थिए । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शव पोस्टमार्टम गरी दाहसंस्कार गरिएको थियो । 

सार्कीले जंगली जनावरबाट आफ्नो मकै जोगाउन विद्युतीय धराप लगाएको र केहीबेरमै बालिका चिच्याएको अनुसन्धानको क्रममा खुलासा भएको प्रहरीले जनाएको छ । घटनापछि बालिका तारनजिक लडिरहेको सार्कीले देखेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार सार्कीले कानुनी कारवाहीबाट बच्न बोरामा हालेर शवलाई खोला किनारनजिक खाल्डो खनी पुरेका थिए ।

प्रकाशित : २६ चैत २०८१, मङ्गलबार 11:33
कम्पनी दर्ता नं.- ३५२९५२/८१/८२
स्थायी लेखा नं.- ६२१२२२४५२
सूचना विभाग दर्ता नं : ४८६२-२०८१/२०८२
प्रेस काउन्सिल दर्ता नं.- ४८७७-२०८१/०८२
सञ्चालक : मन्जु कुमारी, ९८४२८२००८३
प्रबन्धक : देवनारायण साह, ९८५२८३४४८३
प्रधान सम्पादक : जितेन्द्र साह, ९८६२०५१५८३

सम्पर्क ठेगाना :

Darbar Media Network Pvt.

Biratnagar-5, Munalpath

+977-9852834483, 984282083

thenepalese1@gmail.com

Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved