विराटनगर– भ्रष्टाचारमा मुछिएकी बंगलादेशकी बलर ३६ वर्षीया सोहेली अख्तरलाई आईसीसीले पाँच वर्षका लागि सबै खाले क्रिकेट खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ । उनले आईसीसीको भ्रष्टाचार विरोधी संहिताको उल्लंघन गरेको स्वीकार गरेपछि यो कडा निर्णय लिइएको हो ।
अख्तरले सन् २०२३ मा दक्षिण अफ्रिकामा सम्पन्न महिला टी–२० विश्वकपमा एक बंगलादेशी खेलाडीलाई हिट विकेट आउट हुन १३ हजार पाउन्ड (१६ हजार डलर) को प्रस्ताव गरेकी थिइन् । ती खेलाडीले अख्तरका बारेमा रिपोर्ट गरेकी थिइन् ।
बंगलादेश क्रिकेट बोर्डका निर्देशक तथा महिला विभाग प्रमुख नजमुल आबेदिन फहिमले यस्तो गतिविधिमा शून्य सहनशीलताको नीति अपनाउँदै यो खेलका सबै तहमा फिक्सिङ रोक्न प्रयासरत रहेको बताइन् । उनले अख्तरको कार्यलाई ‘दुर्भाग्यपूर्ण’ बताएकी छन् ।
खेलकुद
इतिहास रच्दै नेपाली महिला टोली टी–२० विश्वकप छनोटमा प्रवेश
द नेप्लिज संवाददाताकाेशीमा ३५ जना क्रिकेटकाे ´ओ` लेभेल अम्पायर तयार
द नेप्लिज संवाददाताकराते प्रिमियर लिगमा एरिका गुरुङको ऐतिहासिक कास्य पदक
द नेप्लिज संवाददाताक्रिकेट फाउण्डेशनद्वारा कोशी र मधेसमा क्रिकेट खेल सामग्री वितरण
द नेप्लिज संवाददातातनाव, नाटकीयता र व्यक्तिगत उपलब्धिका कथा
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares