विराटनगर– मुंबईस्थित एबियो फार्मास्युटिकल्सले उत्पादन गर्दै आएको लागू औषधहरु ट्रामाडोल, टैपेंटाडोल र कैरीसोप्रोडोल लगायतको निर्यात तथा उत्पादनमा भारत सरकारले रोक लगाएको छ । उक्त कम्पनिले पठाइरहेको ती औषधिले पश्चिम अफ्रिकाका युवामा नशाको लत लाग्दा ठूलो स्वास्थ्य संकट खडा भएको बीबीसीको खोजमा पत्ता लागेको थियो ।
अफिमबाट बन्ने यी लागू औषधलाई चिकित्सा शास्त्रमा ओपीओइड भनेर बुझिन्छ । बीबीसीको रिपोर्ट लगतै भारत सरकारको स्वास्थ्य सेवा निर्देशनालय र सेन्ट्रल ड्रग्स स्टायण्डर्ड कन्ट्रोल अर्गानाइजेसन (सीडीएससीओ) ले सबै र केन्द्र शासित प्रदेशको ड्रग्स कन्ट्रोल निकायलाई यस सम्बन्धमा निर्देश पठाएको छ । भारत र महाराष्ट्र सरकारको औषधि निरीक्षकको एक संयुक्त टिमले एबियो कम्पनिको उत्पादन केन्द्र र गोदाममा छापा पारेर सबै स्टक बरामद गरेको छ भने नयाँ उत्पादनमा रोक लगाएको छ । भारत सरकारले उक्त औषधि कम्पनिलाई ती दुई औषधिको मिश्रण बनाउन दिएको अनुमति पत्र–नो अब्जेक्सन सर्टिफिकेट (एओसी) रद्द गरेको छ ।
महाराष्ट्र सरकारको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले ती औषधिहरुलाई भारतबाट नाइजेरिया र घाना जस्तो अफ्रिी देशमा लागू पदार्थ दुव्र्यसनीका लागि पठाइने गरिएको विषमा ध्यानाकर्षण भएको जनाएको छ । उक्त कम्पनिलाई ड्रग्स एंड कॉस्मेटिक एक्ट १९५० को अनुसार कारण बताऊ नोटिस पनि जारी गरिएको छ । यो मामिलाका ढिलो नगरी निर्भय ढंगले निस्पक्षताका साथ कडा कानुनी कारबाही गरिने महाराष्ट्र सरकारले बताएको छ । राज्य सरकारले केन्द्र सरकारसँग समन्वय गरेर देश एवं राज्यको प्रतिष्ठालाई धमिल्याउने विरुद्ध कारबाही गर्न प्रतिबद्ध रहेको महाराष्ट्रको फूड एंड ड्रग एडमिनिस्ट्रेशनले जनाएको छ ।
मुम्बइको एबियो फार्मास्युटिकल्सले अलगअलग ब्राण्डको नामले धेरै प्रकारको औषधि बनाइरहेको छ । उक्त कम्पनिले बैध औषधि जस्तै यी ड्रग्सको प्याकिजिंग गरिरहेको छ । मांसपेशीको दुखाइमा राहत पुग्ने भनेर बेचिने ती औषधीहरुले मुख्यतः नशाको ब्यापार गरिरहेको छ । यीमध्ये नीकै खतरनाक मानिने क्यारीसोप्रोडोलमाथि युरोपले प्रतिबन्ध लगाएको छ । यस्तो मिश्रणवाला औषधिको बेचबिखनलाई कुनै पनि देशले इजाजत पत्र दिएको छैन । यसको अत्यधिक सेवनले मृत्यु पनि हुनसक्छ । सस्तो र सहज रुपले यी औषधि उपलब्ध भइरहेकाले जानलेवा हुँदाहुँदै कतिपय देशमा अबैध रुपले बेचिने लोकप्रिय औषधि भएको छ । बीबीसी विश्व सेवाले घाना, नाइजेरिया र आइवरी कोस्टको सडकमा एबियो लोगो सहितको ब्राण्डमा यी औषधिको प्योकट बेचिइँदै गरेको भेटाएको थियो । (एजेन्सीको सहयोगमा)
स्वास्थ्य
रिर्जभ एन्टिबायोटिक्स औषधी सबै फार्मेसीबाट बिक्रीको माग
द नेप्लिज संवाददातास्वास्थ्य सेवा सहज बनाउन दुई हजार पाँच सय स्वास्थ्यकर्मी यो वर्ष थप्दै छौंः स्वास्थ्यमन्त्री पौडेल
द नेप्लिज संवाददाताप्रदर्शनमा उत्रिए आवासीय चिकित्सकहरू
द नेप्लिज संवाददाताभुक्तानी दायित्व १६ अर्ब ४५ करोड, कोषमा मात्र १ अर्ब
द नेप्लिज संवाददातासरकारको निर्णय लत्याउँदै निजी मेडिकल कलेज
द नेप्लिज संवाददाताDarbar Media Network Pvt.
Biratnagar-5, Munalpath
+977-9852834483, 984282083
thenepalese1@gmail.com
Copyright © 2024 -2025. The Nepalese. All Rights Reserved
Shares